BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री खतिवडालाई विदेशी दातृ निकायले पत्याएनन्: पोहोरको जति पनि आएन सहायता रकम

२०७६ जेठ १३

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई तीहाइको बामपन्थी सरकारलाई विदेशी दात्रृ निकायहरुले अविश्वास गरेको देखिएको छ। 

सरकारले चालु बर्षको आर्थिक सर्वेक्षण सार्बजनिक गर्दैं बैदेशिक ऋण तथा सहायताको अंश घट्दै गएको जनाएको छ। जबकी अघिल्ला बर्षहरुमा यस्तो सहयोग बढि हुने गरेका थिए।

सरकारले चालु बर्षको फागुनसम्म १३ अर्ब ४९ करोड अनुदान र ९३ अर्ब ६९ करोड ऋण गरी कुल १ खर्ब ७ अर्ब १८ करोड रुपैयाँ बैदेशिक सहयोगको प्रतिबद्धता पाएको छ। अघिल्लो बर्ष सरकारले १ खर्ब ५० अर्ब ८८ करोड सहयोग प्रतिबद्धता पाएको थियो।

सरकारले चालु बर्षको फागुनसम्म ५० अर्ब ८४ करोड रुपैयाँ बैदेशिक अनुदान र ऋण प्रयोग गरेको छ। अघिल्लो बर्ष १ खर्ब ३१ अर्ब ५५ करोड उपयोग भएको थियो।

कुल बैदेशिक सहायता उपयोगमा बहुपक्षीय सहायताको अनुपात भने माथि छ। फागुनसम्म कुल सहायता उपयोगमा बहुपक्षीय ७५.५ प्रतिशत, द्वीपक्षीय २० प्रतिशत र अन्य सहायताको अंशक साढे ४ प्रतिशत हाराहारी छ।

बजेट संयन्त्रबाट परिचालन हुने विकास सहायताको अंश ७७.९ प्रतिशत रहेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको सर्वेक्षण अनुसार, ९ खर्ब ७८ अर्ब ३५ करोड कुल ऋण रकम पुगेको छ। यसमा ३९.२ प्रतिशत आन्तरिक छ भने बाँकी ६०.८ प्रतिशत बाह्यीय ऋण छ। 

२०७५ फागुनसम्म भुक्ता।नी गर्न बाँकी खुद सार्वजनिक ऋणको अंश प्रति ब्यक्ति ३३ हजार १ सय ७४ रुपैयाँ रहेको छ। यसअघि ३१ हजार ४ सय ९३ रुपैयाँ थियो।