BIZMANDU
www.bizmandu.com

आर्थिक सर्वेक्षण र संस्थानहरुको वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै, सांसदलाई दिने, बाँड्न छैन

२०७६ जेठ १३

आर्थिक सर्वेक्षण र संस्थानहरुको वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै, सांसदलाई दिने, बाँड्न छैन
आर्थिक सर्वेक्षण र संस्थानहरुको वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै, सांसदलाई दिने, बाँड्न छैन

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले सोमबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले पहिले प्रतिनिधिसभा बैठक र त्यसलगत्तै राष्ट्रियसभा बैठकमा सरकारका दुई प्रतिवेदन पेश गर्ने भएका हुन्।

आर्थिक सर्वेक्षणमा सरकारले चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको तथ्यांकमा आधारित आर्थिक विवरण प्रस्तुत गर्नेछ। विभिन्न निकायले यसअघि प्रकाशन गरेकै तथ्यांकमा आधारित रहेर सर्वेक्षण प्रकाशित हुन्छ। 

आर्थिक सर्वेक्षण वितरणका लागि भने सोमबार उपलब्ध नहुने अर्थ मन्त्रालयको संस्थान समन्वय एवं वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख तोयम रायाले जानकारी दिए। 'आर्थिक सर्वेक्षण सोमबार संसदमा पेश हुन्छ,' उनले भने। 

आर्थिक सर्वेक्षणसँगै सार्वजनिक हुने संस्थानहरुको प्रगति विवरण भने १५ गते मात्रै सार्वजनिक हुने भएको छ। सामान्यतया दुवै प्रतिवेदन एकैदिन सार्वजनिक हुने गरेको भए पनि यसपटक तयारी नभएको अर्थ मन्त्रालयले जनाएको छ।

सार्वजनिक संस्थानको नाफा, सरकारको लगानी तथा प्रतिफल र उनीहरुको समग्र वित्तीय अवस्थासहितको विवरण यसमा समावेश हुन्छन्।