BIZMANDU
www.bizmandu.com

इन्फिनिटी लघुवित्तको आइपिओ आजदेखि, सर्वसाधारणको लागि ६ लाख ४० हजार कित्ता खुला

२०७६ जेठ १३

इन्फिनिटी लघुवित्तको आइपिओ आजदेखि, सर्वसाधारणको लागि ६ लाख ४० हजार कित्ता खुला
इन्फिनिटी लघुवित्तको आइपिओ आजदेखि, सर्वसाधारणको लागि ६ लाख ४० हजार कित्ता खुला

Tata
GBIME
Nepal Life

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गरेको छ।संस्थाले १०० रुपैयाँ अंकित दरमा कुल ६ लाख ७४ हजार कित्ता साधारण शेयर जारी गरेको हो। 

संस्थाले ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि छुट्ट्याएको छ। पहिलो चरणमा १६ गतेसम्म निष्काशन गर्ने निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ।

सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। मेरो शेयरको खाता भएकाले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवदेन दिन सकिनेछ। 

प्राथमिक शेयर निष्काशनसँगै सर्वसाधारण समुह तर्फको शेयर पूँजी ६७.५ प्रतिशत अर्थात १४ करोड रुपैयाँ र सर्वसाधारण समुह तर्फको ३२.५ प्रतिशत अर्थात ६ करोड ७४ लाख रुपैयाँ सहित जम्मा २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ।