BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको डडेलधुराका दुई स्थानमा थप्यो शाखा रहित बैंकिङ इकाइ, संख्या १०० पुग्यो

२०७६ जेठ १२

माछापुच्छ्रे बैंकको डडेलधुराका दुई स्थानमा थप्यो शाखा रहित बैंकिङ इकाइ, संख्या १०० पुग्यो
माछापुच्छ्रे बैंकको डडेलधुराका दुई स्थानमा थप्यो शाखा रहित बैंकिङ इकाइ, संख्या १०० पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंकले डडेलधुरामा दुई शाखारहित बैंकिङ सेवा इकाइ सञ्चालनमा ल्याएको छ। दुई थपेपछि इकाइ संख्या १०० पुगेको छ। 

बैंकले अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरा मा इकाइ खोलेको हो। 

इकाइबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ। बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ।