BIZMANDU
www.bizmandu.com

निक्षेप २५३ अर्बले बढ्दा ऋण ३४१ अर्बले उक्लियो, अझै पनि बैंकहरुको सिसिडी ८१ प्रतिशत हाराहारी

२०७६ जेठ ९

निक्षेप २५३ अर्बले बढ्दा ऋण ३४१ अर्बले उक्लियो, अझै पनि बैंकहरुको सिसिडी ८१ प्रतिशत हाराहारी
निक्षेप २५३ अर्बले बढ्दा ऋण ३४१ अर्बले उक्लियो, अझै पनि बैंकहरुको सिसिडी ८१ प्रतिशत हाराहारी

Tata
GBIME
Nepal Life

काठमाडौ। आर्थिक बर्ष सकिन लाग्दा बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ। सरकारले बिस्तारै खर्च बढाउन थालेको प्रभाव निक्षेपमा देखिएको हो।

सातामा निक्षेप १४ अर्बले बढेको छ। ऋण बिस्तार भने रोकिन थालेको छ। एक सातामा ५ अर्बले ऋण बिस्तार भएको छ। यो बैशाख २७ देखि जेठ ३ गतेसम्मको तथ्यांक हो। 

निक्षेपमा सुधार देखिए पनि बाणिज्य बैंकहरुको कर्जा-पूँजी निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशतभन्दा माथि नै छ। बिगत पाँच महिनायता बैंकहरुको सिसिडी रेसियो ८० प्रतिशतमाथि रहेको छ। राष्ट्र बैंकले सिसिडी नघाउने बैंकलाई कारवाही गर्ने निर्देशिका जारी गरे पनि कसैलाई जरिवाना गराउन सकेको छैन।

राष्ट्र बैंक आँफैले फागुनसम्मको तथ्यांकमा सिसिडी नाघेको देखाएको छ। त्यसपछिको निक्षेप र ऋण बिस्तारलाई आधार मान्दा सिसिडी ८२ प्रतिशत पुगेको देखिन्छ। 

चालु बर्ष बैंकहरुको स्वदेशी मुद्रामा आधारित निक्षेप २ खर्ब २६ अर्ब रुपैयाँले बढाएका छन्। तर ऋण लगानी भने ३ खर्ब २१ अर्ब रुपैयाँले गरेका छन्। बिदेशी मुद्राको निक्षेप २६ अर्बले बढाएर २० अर्ब ऋण बिस्तार गरेका छन्।

कुल निक्षेप २ खर्ब ५३ अर्बले बढ्दा कुल ऋण ३ खर्ब ४१ अर्बले बढेको छ।  पछिल्लो दुई सातामा मात्रै बैंकहरुको निक्षेपभन्दा कम ऋण लगानी गरेका छन्। 

बैंकहरुसँग कुल निषेप २७ खर्ब २२ अर्ब पुगेको छ भने ऋण २४ खर्ब ५२ अर्ब पुगेको छ।