BIZMANDU
www.bizmandu.com

ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड, हाइड्रोमा आयो उछाल, नेशनल हाइड्रोपावरकै ८% ले बढ्यो

२०७६ जेठ ८


काठमाडौं। शेयर बजार घटेर ब्रोकर कार्यालय जान छाडेका लगानीकर्ता ब्रोकर कार्यालय धाउन थालेका छन्।

Tata
GBIME
Nepal Life

लगानीकर्ताको चापले अहिले दोस्रो बजारमा लगानीकर्ताको चाप बढ्न थालेको हो। अधिकांश ब्रोकर कार्यलयमा लगानीकर्ताको भिडभाड देखिन थालेको छ।

प्राविधिक विश्लेषहरुकले शेयर बजारको वियरिस ट्रेण्ड सकिएको विश्लेषण गरेसँगै लगानीकर्ता बजार प्रवेश गरेका हुन्।

लगानीकर्ताको चाप बढ्न थालेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि बढ्न थालेको छ। नेप्से सूचक ११०० को लाइनबाट सुधार हुँदै गर्दा बाणिज्य बैंकको शेयरमा उछाल आएको थियो।

बाणिज्य बैंकहरुको शेयर एक चरण बढिसकेको हुँदा नयाँ लगानीकर्ताहरु सस्ता कम्पनी छानेर कारोबार गरिरहेका छन्।

बुधबार जलविद्युत क्षेत्रका कम्पनीको शेयर मूल्यमा उछाल आएको छ। अधिकांश जलविद्युत क्षेत्रका कम्पनीको बजार मूल्य आधार मूल्य भन्दा तल भएकाले लगानीकर्ता आकर्षित हुन थालेका हुन्।

बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्दै आएका लगानीकर्ताहरु पनि जलविद्युत क्षेत्रका कम्पनीमा सिफ्ट भएका छन्।

बुधबार अरुण भ्याली हाइड्रोपावर,अपर तामाकोशी, अरुण कावेली पावर, रिडी हाइड्रोपावर, अपि पावर, माउन्टेन हाइड्रोपावर, हिमालयन पावर पार्टनर रैराङ हाइड्रोपावरको बढ्ने क्रममा सर्किट लागेको छ।

सबैभन्दा खराव अवस्थामा रहेको नेशनल हाइड्रोपावरको शेयर समेत ८.७० प्रतिशतले बढेर ७५ रुपैयाँ पुगेको छ। हाइड्रोपावर बाहेक मल्टिपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्सको शेयर बढ्ने क्रममा सर्किट लागेको छ।

गत सातादेखि उत्पादन तथा प्रसोधनमुलक क्षेत्रका कम्पनीमा उछाल आएकोमा दुईदेखि नाफा बुक गर्ने क्रममा घटिरहेको छ।

नाफा बुक गर्ने लगानीकर्ताले शेयर बिक्री गरे पनि वियरिस ट्रेण्ड सुरु भएको भन्दै लगानीकर्ताहरुले घटेको मूल्यमा शेयर खरिद गर्न खोज्दा कारोबार रकम भने बढिरहेको छ।  

बुधबार नेप्से सूचक ७.४९ अंकले सुधार भएर १३१९.६३ अंकमा रोकिएको छ। बजार सुधार भए सँगै कारोबार रकम ९६ करोड ६६ लाख रुपैयाँको भएको छ।

जम्मा १७१ वटा कम्पनीको कारोबार हुँदा ९८ वटा कम्पनीको बढेको छ भने ५७ वटाको घटेको छ। हाइड्रो सेक्टरमा उछाल आएपनि घलेम्दी हाइड्रोको भने घट्ने क्रममा सर्किट लागेको छ।

गएका दिनमा शिवम र नेपाल बैंकको मात्रै अधिकतम कारोबार हुँदै आएकोमा बुधबार अधिकतम कारोबार हुनेमा हाइड्रोपावर कम्पनी पनि परेका छन्। नेपाल बैंकको सबैभन्दा धेरै ६ करोड ९६ लाख रुपैयाँको भएको छ।

शिवम सिमेन्टको शेयर घट्दा उत्पादन मुलक क्षेत्रकै सूचक ओरालो लागेको छ। उत्पादन तथा प्रशोधनमुलक क्षेत्रको ३.१६ प्रतिशतले र म्युचुअल फण्डको २.०२ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै हाइड्रोपावरको सूचक ५.३८ प्रतिशतले बढेको छ।