BIZMANDU
www.bizmandu.com

एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसका बिद्यार्थीलाई छात्रबृत्ति दिने, एक करोड ३० लाख प्रदान

२०७६ जेठ ८

एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसका बिद्यार्थीलाई छात्रबृत्ति दिने, एक करोड ३० लाख प्रदान
एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसका बिद्यार्थीलाई छात्रबृत्ति दिने, एक करोड ३० लाख प्रदान

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन ईन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पससँग सम्झौता गरेको छ। नयाँ सहमति अनुसार ईन्जिनियरिङ्तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछन्।

एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेको यो कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पुर्याउँदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पुर्याउने लक्ष्य लिएको छ। यस सहमति अनुरुप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ सालदेखि २०८० सालसम्म  ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ् संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ।

एनसेलको तर्फबाट वित्तीय प्रमुख कनिश्क गयान विक्रमा र पुल्चोक क्याम्पसका तर्फबाट ईन्जिनियरिङ् अध्ययन संस्थाका डिन प्रा. रामचन्द्र सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सहमति अनुसार एनसेलले २०७६ देखि हरेक वर्ष पाँच वर्षसम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्,  कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई  १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ।

हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। 'निक्कै नै गतिशील यस ईन्जिनियरिङ् शिक्षा क्षेत्रमा ईन्जिनियरिङ्का प्रतिभालाई थप उजागर गर्ने र योग्य विद्यार्थीलाई प्रोत्साहन गर्ने हाम्रो उदेश्य रहेको हो। हामी एक्काइसौ शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरुसँग सहकार्य गर्न चाहन्छौं,' गयान विक्रमाले भने।