BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले खोल्यो टोखामा शाखा, देशभर २८३ शाखा पुग्यो

२०७६ जेठ ८

एनआइसी एसिया बैंकले खोल्यो टोखामा शाखा, देशभर २८३ शाखा पुग्यो
एनआइसी एसिया बैंकले खोल्यो टोखामा शाखा, देशभर २८३ शाखा पुग्यो

Tata
GBIME

काठमाडौं। एनआइसी एसिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय खोलेको छ। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शाखाको उद्घाटन गरेका छन्। 

अब बैंकको देशभर शाखा संख्या २८३ पुगेको छ। बैंकका २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ ईकाई छन्। 

बैंकका करिब १६ लाख ग्राहक छन्। बैंकले अन्य स्थानमा पनि शाखा थप्ने जनाएको छ।