BIZMANDU
www.bizmandu.com

अब एटिएममा अनिवार्य रुपमा नेपाली भाषा, प्रयोग नगर्नेलाई कारवाही, कति छन् प्रयोगकर्ता?

२०७६ जेठ ६

अब एटिएममा अनिवार्य रुपमा नेपाली भाषा, प्रयोग नगर्नेलाई कारवाही, कति छन् प्रयोगकर्ता?
अब एटिएममा अनिवार्य रुपमा नेपाली भाषा, प्रयोग नगर्नेलाई कारवाही, कति छन् प्रयोगकर्ता?

Tata
GBIME

काठमाडौं। अब एटिएममा अनिवार्य नेपाली भाषाको प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई ३० दिनभित्र नेपाली भाषा नभए नेपाली भाषा अनिवार्य गर्ने ब्यवस्था मिलाउन निर्देशन दिएको हो।

एटिएममा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको गुनासाहरु केन्द्रीय बैंकमा पुगेपछि त्यसको समाधान खोजिएको हो।

३० दिनभित्र नेपाली भाषा प्रयोगमा ल्याएपछि त्यसको जानकारी राष्ट्र बैंकलाई जानकारी गराउनसमेत भनिएको छ। यदि कसैले नेपाली भाषा प्रयोग नगरे कारवाही गर्ने राष्ट्र बैंकले जनाएको छ। 

अहिले देशभर ३ हजार ४९ वटा एटिएम काउन्टर छन्। राष्ट्र बैंकका अनुसार डेबिट कार्ड बोक्ने ५९ लाख ६२ हजार ८३८ छन् भने क्रेडिट कार्य बोक्ने एक लाख ५२७ छन्। प्रिपेड कार्ड बोक्नेको संख्या पनि ६४ हजार ४८४ छ।