BIZMANDU
www.bizmandu.com

नेपाल-फ्रेन्जाइजी एक्स्पो काठमाडौंमा, भारतका ३८ कम्पनी जसले नेपालमा शाखा खोल्न चाहन्छन्

२०७६ जेठ २

नेपाल-फ्रेन्जाइजी एक्स्पो काठमाडौंमा, भारतका ३८ कम्पनी जसले नेपालमा शाखा खोल्न चाहन्छन्
नेपाल-फ्रेन्जाइजी एक्स्पो काठमाडौंमा, भारतका ३८ कम्पनी जसले नेपालमा शाखा खोल्न चाहन्छन्


Vigo
GBIME
Tata

काठमाडौं। नेपाल र भारतका स्थापित ब्राण्डको फ्रेन्जाइजी विस्तारको अवसर जुटाउन पहिलो पटक काठमाडौंमा एक्स्पो भएको छ।

दरबारमार्गको याक एण्ड यतिमा भएको नेपाल-फ्रेन्जाइजी एक्स्पोमा नेपालका १२ र भारतका ३८ कम्पनी सहभागी छन्। एक्स्पोमा नेपाल तथा भारतमा १० देखि ३० लाख सम्मको लगानीमा फ्रेन्चाइजी खोल्न सकिने बताइयो।मेलामा प्ले ग्रुप स्कुल, पिज्जा, कफी, बेकरी, सोलार, तयारी पोसाक, सपिङ मार्ट, पस्मिना, सिरक डस्नाका बहुराष्ट्रिय कम्पनी सहभागी छन्।

मेला १ हजार भन्दा बढि उद्योगी व्यवसायीहरुले अवलोकन गरेको आयोजकले जनाएको छ। एक्स्पोले साना लगानीकर्ता आकर्षित छन्।मेलामा राखिएका ३८ भारतीय कम्पनीको नेपालमा फ्रेन्चाइजी खोल्दा सानै लगानीले पुग्नेछ। भारतको विभिन्न ४० स्थानमा ब्रान्च रहेको फ्रष्ट गो मार्ट नेपालमा स्थापना गर्न १८ लाख भए पुग्ने कम्पनीको प्रतिनिधीले बताए।

उनका अनुसार कम्पनी आफैंले आएर मार्टको डेकुरेशन तयार गर्छ। मार्टमा ६० प्रतिशत सामान कम्पनीले दिन्छ भने ४० प्रतिशत सामाग्री स्थानीय उत्पादन रहनेछ। कामदार र सटर भाडा विद्युत महसुल कम्पनीले नै तिर्नेछ भने सञ्चालकले सामान बिक्री गरे अनुसार कमिशन प्राप्त गर्नेछ ।

कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाली र भारतका मानिसहरुको सामाग्री छनोटमा समानता भएकाले दुई देशमै कम्पनीको फ्रेन्जाइजी खोल्न उपयुक्त हुने बताए।नेपालका लागि भारतीय राजदुत मञ्जीबसिंह पुरीले नेपालमा युवा उद्यमशिलता आवश्यक रहेको बताए।

मेलामा नेपाली कम्पनीहरु गोल्डस्टार, सीटी अफ ड्रीम, मेरोघर,  च्याङग्रा पश्मिना, हिमालयन जाभा, जयकाली जडीबुट्टी उद्योग लगायत १२ कम्पनीले सहभागी जनाएका थिए। देशभर ३२ आउटलेट रहेको गोल्डस्टारले भारतमा झण्डैं वार्षिक अढाई अर्बको जुत्ता निकासी गर्छ।

मेलामा सात वटा बालबालिका सम्बन्धि मन्टेश्वरी विद्यालय, अनलाइन एप्स राखिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष पहिलो पटक आयोजना गरिएको एक्स्पोले दुई देशका कम्पनीका फ्रेन्जाइजी खोल्न बाटो खुल्ने बतार्ईन्। भारतमा ५ हजार भन्दा बढि फ्रेन्चाइज कम्पनी रहेको र ५० कम्पनीले मात्रै अन्य देशमा विस्तार भएको फ्रेन्चाइज इन्डियाकी प्रमुख रितु मोरियाले बताईन।उनले दुबै देशका व्यवसायीहरुलाई लगानी गर्ने अवसर मेलाले प्रदान गरेको बताईन।