BIZMANDU
www.bizmandu.com

शिवमको हल्लापछि एनएमबीको मर्जरले कारोबारमा सुधार, ओमलाई गाभ्ने चर्चा, सूचक १३२१ अंकमा

२०७६ जेठ १

शिवमको हल्लापछि एनएमबीको मर्जरले कारोबारमा सुधार, ओमलाई गाभ्ने चर्चा, सूचक १३२१ अंकमा
शिवमको हल्लापछि एनएमबीको मर्जरले कारोबारमा सुधार, ओमलाई गाभ्ने चर्चा, सूचक १३२१ अंकमा


काठमाडौँ। शेयर बजारमा लगातार चौथो दिन पनि सुधार देखिएको छ। कारोबार मापक सूचकसँगै कारोबार रकममा समेत बुधवार बढोत्तरी भएको छ। 

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.५५ अङ्कले बढेर १३२१ अंकमा उक्लिएको छ। सेन्सेटिभ सूचक २.५१ अङ्कले बढेर २८२.२५ अंकमा पुगेको छ।

बुधवार कारोबारको सुरुवातदेखि नै बजारमा सुधार देखिएको थियो। पौने दुई बजेसम्म लगातार बढेको बजारले १७ अङ्कको वृद्धिसँगै ११३३ अङ्क भेट्टाएको थियो। त्यसपछि बजारको बृद्धि टिकाउ हुन नसकेपछि सूचक ओर्लदो क्रममा रह्यो।

कारोबारको सुरुमा लगानीकर्ताले खरिद चाप बढाएका थिए तर केही निश्चित मुनाफा गरेका लगानीकर्ताले भटाभट शेयर बिक्री गर्न थालेपछि फराकिलो अङ्कले बढेको बजार पाँच अङ्क वृद्धिमा खुम्चिएको लगानीकर्ता ज्योति दाहालले बताए।

अघिल्लो दिन १० प्रतिशत बढेका कम्पनीमा बुधवार बिक्री चाप बढेपछि लगानीकर्ता हच्किएको दाहालको भनाइ छ। 

बुधवार शेयर बजारमा १७२ कम्पनीको ४० लाख कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। सबैभन्दा बढि एनसिसी बैकको १४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। बैंकका विरुद्ध परेका मुद्दा खारेज भएसँगै लगानीकर्ताको मनोबल बढेको हो। एपेक्सलाई गाभेपछि मुद्दा परेको थियो। अदालतले बैंकलाई लाभांस बाँड्ने बाटो खोलिदिएको छ। 

बैकले साधारण सभा गर्ने र आगामी दिनमा बैकले राम्रो प्रतिफल दिन्छ भन्ने अपेक्षा लगानीकर्ताले गरेका छन्।

शिवम् सिमेन्टले नयाँ खानी उत्खनन गर्न अनुमति पाएको हल्ला बजारमा चर्केका कारण बजार उकालो लागिरहेको थियो। लगातार बढिरहेको कम्पनीको शेयर मूल्यमा बुधबार चमक देखिएन। कम्पनीले उत्खनन् अनुमति पाएको भन्ने हल्लामै सीमित भएको छ। 

बुधबार एनएमबी बैंकको शेयरमा नयाँ हल्ला चलाइएको छ। एनएमबीले ओम डेभलपमेन्ट बैंक किन्न लागेको चर्चाले बुधबार कारोबार बढेको छ। मूल्य एक रुपैयाँले घटे पनि तीन करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। 

बुधबार बैंकको ३८८ रुपैयाँबाट कारोबार सुरु भएको थियो। कारोबार सुरु भएको एक घण्टामा दुई रुपैयाँले घटेकोमा एक बजेर ४४ मिनेटमा झण्डै चार रुपैयाँले बढेकोमा अन्तिममा एक रुपैयाँले घटेको हो। प्राइमसँग बिलय हुने सैद्धान्तिक स्वीकृति पाएपछि ओमको मर्जर टुटेको थियो।

बैंकको अधिकतम २५ हजार ९०७ कित्तासम्मको कारोबार भएको छ। आजको कारोबारमा १०० कित्तासम्मका कारोबारको हिस्सा ४४ प्रतिशत छ। त्यस्तै एक सयदेखि ५०० कित्ताको कारोबारको हिस्सा ३६ प्रतिशत छ।

कारोबार मापक समूहगत उपसूचकमा बुधवार ६ समूहको सूचक बढेको छ भने ६ नै समूहका उपसूचक घटेका छन्। सबैभन्दा बढि ४.१८ प्रतिशतले ट्रेडिङ समूहको उपसूचक बढेको छ। उत्पादन मूलक समूहमा १.०९ अकको गिरावट देखिएको छ।