BIZMANDU
www.bizmandu.com

सिटिजन्स म्युचुअल फण्ड-२ को सार्वजनिक निष्काशन जेठ ९ देखि, न्युनतम १००० रुपैयाँको आवेदन

२०७६ जेठ १

सिटिजन्स म्युचुअल फण्ड-२ को सार्वजनिक निष्काशन जेठ ९ देखि, न्युनतम १००० रुपैयाँको आवेदन
सिटिजन्स म्युचुअल फण्ड-२ को सार्वजनिक निष्काशन जेठ ९ देखि, न्युनतम १००० रुपैयाँको आवेदन

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स म्युचुअल फण्ड-२ ले जेठ ९ गतेदेखि दश करोड इकाई निष्काशन गर्ने भएको छ। फण्डले दश करोड इकाईमध्ये एक करोड ५० लाख योजना व्यवस्थापकको लागि सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्नेछ। 

सिबिआइएलले व्यवस्थापन गरेको यो दोस्रो म्युचुल फण्ड हो। सर्वसाधारणले न्युनतम १०० इकाई र अधिकतम दुई करोड इकाइसम्मको लागि आवेदन दिन सक्ने छन्। फण्डले छिटोमा जेठ २३ गतेसम्म निष्काशन गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार ८ गतेसम्म निष्काशन गर्ने छ। 

यस फण्डको योजना अवधि ७ वर्षको रहनेछ। फण्डले दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको शेयरमा ८६ प्रतिशतसम्म लगानी गर्न पाउनेछ। त्यस्तै सरकारी स्वामित्वमा रहेका वा नियन्त्रणमा रहेका कुनै पनि संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेका ऋणपत्र ट्रेजरी विल तथा बैंक निक्षेपमा १४ प्रतिशतसम्म लगानी गर्न सक्नेछ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिनेछ। फण्डले सात वर्षको अवधि ५ वर्षसम्म लाभांस दिन सक्ने प्रक्षेपण गरेको छ। फण्डले सार्वजनिक गरेको प्रक्षेपण अनुसार दोस्रो वर्षेदेखि छैठौ वर्षसम्म लगातार लाभांस दिन सकिने जनाएको छ।

लाभांस प्रक्षेपण 

वर्ष

प्रक्षेपित लाभांस (%)

प्रतिइकाई खुद सम्पत्ती मूल्य(रु.)

पहिलो

0

10.57

दोस्रो

5

10.14

तेस्रो

10

11.34

चौथो

10

12.48

पाचौ

15

13.47

छैठौ

15

15.93

सातौ

0

20.33