BIZMANDU
www.bizmandu.com

बर्ष दिनयताकै उचाइ नजिक पुग्यो शेयर बजार, तीन दिनमा २४ अंकको वृद्धि, शिवममा फेरि सर्किट

२०७६ बैशाख ३१

बर्ष दिनयताकै उचाइ नजिक पुग्यो शेयर बजार, तीन दिनमा २४ अंकको वृद्धि, शिवममा फेरि सर्किट
बर्ष दिनयताकै उचाइ नजिक पुग्यो शेयर बजार, तीन दिनमा २४ अंकको वृद्धि, शिवममा फेरि सर्किट


Tata
GBIME
Nepal Life

काठमाडौँ। लागातार तेस्रो दिन शेयर बजारमा सुधार देखिएको छ। गत आइतबारदेखि बढेको बजारले मंगलबारपनि बृद्धि कायम गरेको हो। तीन कारोबार दिनमा सूचक २४ अंकले बढ्दा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक करिब बर्ष दिनयताकै उच्च बिन्दु हाराहारीमा उक्लिएको छ। 

गत बर्ष जेठ १६ गते बजार १३२२ अंकमा थियो। त्यसयता घट्दो क्रममा रहेको बजारले मंगलबार बर्ष दिनयताकै उच्चतम बिन्दुलाई भेट्टाएको हो। मंगलबार बजार १३१५ अंकमाथि उक्लिएको छ। 

मंगलबार नेप्सेको कारोबार मापक सूचक १४.१२ अंकले बढेको छ। गत बिहिबार सूचक १२७७ अंकमा रहेको थियो। त्यस यता बजार लगातार बढ्दो क्रममा देखिएको छ। 

११ सय अंकबाट बढेको बजारले दुई महिनामा २१४ अंकको बृद्धि कायम गरेको थियो। त्यसयता केहिदिन घट्दो क्रममा देखिएको बजार गत बैशाख २५ मा तल्लो बिन्दु १२७७ अंकसम्म ओर्लिएको छ। 
 
मंगलबार १७० कम्पनीका ३१ लाख कित्ता शेयर एक अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा बढि नेपाल बैंक र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ। १० करोड रुपैयाँको शेयर कारोबार गर्दै नेपाल बैक पहिलो भएको छ। आठ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार गर्दै शिवम् सिमेन्ट कारोबार रकमको आधारमा दोस्रो भएको छ।

१० प्रतिशतले राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य बढेको छ। कम्पनीको साधारण र संस्थापक दुबैको शेयर मूल्य बढेको हो। 

नौ महिनामै एक अर्ब रुपैयाँ नाफा गरेको खबरसँगै शिवम् सिमेन्टको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। मंगलबार पनि कम्पनीको शेयरमा बढ्दो क्रमको सर्किट लागेको छ। मंगलबार कारोबारमा आएका १२ समूहको कारोबारमा ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन्। ट्रेडिङ ०.०७ प्रतशतले घटेको छ।