BIZMANDU
www.bizmandu.com

भाडामा बसेकालाई आफ्नै घर दिलाउन एभरेष्ट बैंकले ल्यायो स्किम, मासिक किस्ता ९५९९ रुपैयाँ

२०७६ बैशाख ३०

Tata
GBIME

काठमाडौं। एभरेष्ट बैंकले घर कर्जाको स्किम ल्याएको छ। “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित बैंकले यस्तो स्किम ल्याएको हो।

यसमा मासिक किस्ता ९ हजार ५९९ रुपैयाँ पर्ने बैंकले जनाएको छ। यो स्किममा ऋण लिनेलाई सेवा शुल्कमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण उपलब्ध गराइने छ। 

बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।