BIZMANDU
www.bizmandu.com

अब ९० दिनभन्दा कमको मुद्दति निक्षेप राख्न नपाइने, जुनसुकै बेला झिक्ने स्किम पनि बन्द

२०७६ बैशाख २९


काठमाडौं। नेपाल राष्ट्र बैंकले तीन महिनाभन्दा कमको मुद्दति निक्षेप स्वीकार गर्न नपाइने ब्यवस्था गरेको छ। राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै तीन महिनामाथि मात्र मुद्दति निक्षेप राख्न पाइने ब्यवस्था गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकहरुले निक्षेप तान्नका लागि २/४ दिनका लागि पनि मुद्दति निक्षेपभन्दै पैसा राख्न थालेका थिए। यस बारेमा बैंकर्स संघले समेत गुनासो गरेको थियो।

केही बैंकले नीतिगत अस्पष्टताको दूरुपयोग गरेको भन्दै उजुरी परेको थियो। त्यही भएर राष्ट्र बैंकले नीतिगत प्रस्टता गरेको हो।

यसअघि बैंकहरुले ६० दिनको, ७५ दिनको मुद्दति भन्दै स्किमसमेत ल्याउने गरेका थिए। अब ९० दिनभन्दा कमको मुद्दति निक्षेप हुँदैन।

कतिपय बैंकले मुद्दति निक्षेप जतिसुकै बेला झिक्न पाइने भन्दै बचत खाता जस्तो स्किम समेत दिएका थिए। अब त्यो पनि बन्द भएको छ।