BIZMANDU
www.bizmandu.com

पोखरामा सिजी मोटोकर्पको अत्याधुनिक सर्भिस सेन्टर, ६ वर्किङ वे रहेको सेन्टर यस्तो छ

२०७६ बैशाख १९

पोखरामा सिजी मोटोकर्पको अत्याधुनिक सर्भिस सेन्टर, ६ वर्किङ वे रहेको सेन्टर यस्तो छ
पोखरामा सिजी मोटोकर्पको अत्याधुनिक सर्भिस सेन्टर, ६ वर्किङ वे रहेको सेन्टर यस्तो छ

Tata
GBIME
Nepal Life

पोखरा। सुजुकी मोटर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले पोखरामा सर्भिस सेन्टर सुरु गरेको छ। पोखराका लागि डिलर बतास ब्रदर्सको स्टेट अफ द आर्ट सर्भिस सेन्टर सुरु भएको हो।

यो सेन्टरको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतासका प्रवन्ध निर्देशक शान्तराज बतासले संयुक्त रुपमा उद्घाटन गरे। १० हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा  ६ वर्किङ वे रहने कम्पनीले जनाएको छ। मासिक हजार वटा गाडी सर्भिसिङ गर्ने क्षमता सेन्टरको रहेको कम्पनीले जनाएको छ।

सुविधासम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुले सुसज्जित यस सर्भिस सेन्टर बडि मेन्टिनेन्स शप, पार्ट शप तथा इन्जिन रिपियर एरिया गरी विभाजन गरिएको छ। कम्पनीका अनुसार सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेकजाँच गरिन्छ।

कम्पनीका अनुसार सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ्ग गरिन्छ। ‘सर्भिस सेन्टरमा ग्राहकहरुको लागि सुसज्जित लाउन्जको व्यवस्था रहेको छ, जहाँ आरामसँग वसी ग्राहकले आफ्नो गाडी सर्भिसिङ्ग भइरहेको अवलोकन गर्न सक्नेछन्,’कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

“बिक्री पछिको सेवा वास्तवमै महत्वपूर्ण हुन्छ किनभने यसले ग्राहकको भावना एवं मूल्यसँग प्रत्यक्ष सरोकार राख्छ । सर्भिस सेन्टरबाटै कुनै पनि ब्राण्डको छवि बन्ने र विग्रने गर्छ। हामीले आफ्ना ग्राहकहरुको मूल्य एवं मान्यतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय सुजुकीको जुन मापदण्ड छ सोही अनुरुप सेवा प्रदान गर्छौ” शान्तराजले भने।

यो सेन्टरको शुभारम्भसँगै, गण्डकी तथा धौलागिरीमा मात्र ६ स्थानबाट सुजुकीको टच प्वाइन्टहरु सञ्चालनमा आएका छन् । गोर्खा, वालिङ्ग, वुर्तिवाङ, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेन्टरहरुबाट सुजुकीको सेवा पाउँदै आएको कम्पनीले जनाएको छ।