BIZMANDU
www.bizmandu.com

युनियन हाइड्रोको आइपिओ ओभर सब्सक्राइब, गणपतिमा १९ गुना बढी आवदेन पर्यो, आवेदन आजसम्म

२०७६ बैशाख १२


काठमाडौं। युनियन हाइड्रोपावर र गणपति माइक्रोफाइनान्सले निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

Tata
GBIME
Nepal Life

युनियन हाइड्रोपावरले पहिलो चरणमा माग गरिए बराबरको लागि आवदेन नपरेपछि आजसम्म ढिलोको मिति कुर्नु परेको हो।

कम्पनीले सर्वसाधारणको लागि ३४ लाख ६३ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्दा हिजोसम्ममा ४५ हजार ४७९ जना आवदेकबाट ३५ लाख ६७ हजार कित्ताको लागि आवदेन परेको छ।

कम्पनीको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ लाग्ने तथा साधारण लगानी फिर्ता हुने अवधि पनि १० वर्ष रहेको भन्दै लगानीकर्ता आकर्षित हुन नसेकका हुन्।

कम्पनी पुर्ण रुपमा सञ्चालनमा जादा पनि प्रतिशेयर आम्दानी ४ रुपैयाँ हुने हुँदा प्राथमिक बजारका लगानीकर्ताले कम्पनीको शेयर खरिद नगरेका हुन्। ढिलोको अवधिमा भए पनि प्राथमिक शेयर बिक्री नै नभएको इतिहास बनाउनबाट बचेको छ।

त्यस्तै गणपति माइक्रोफाइनान्सले छिटोको अवधिमै माग भन्दा १९ गुणा बढि आवदेन परेपछि आज बिक्री बन्द गर्ने भएको हो।

संस्थाले सर्वसाधारणको लागि तीन लाख १३ हजार कित्ताको लागि बिक्री खुला गरेकोमा हिजोसम्ममा दुई लाख ९४ हजार आवदेकले ५९ लाख १३ हजार कित्ताको लागि आवदेन दिएका छन्।