BIZMANDU
www.bizmandu.com

१९ अर्ब रुपैयाँले ऋण बढ्दा निक्षेप १ अर्बले घट्यो, तरलता आउने सिजनमा सिसिडी ८२% नाघ्यो

२०७६ बैशाख १२

१९ अर्ब रुपैयाँले ऋण बढ्दा निक्षेप १ अर्बले घट्यो, तरलता आउने सिजनमा सिसिडी ८२% नाघ्यो
१९ अर्ब रुपैयाँले ऋण बढ्दा निक्षेप १ अर्बले घट्यो, तरलता आउने सिजनमा सिसिडी ८२% नाघ्यो

काठमाडौं। बैंकहरुको निक्षेप र ऋण लगानीमा विगतको प्रबृत्तिभन्दा उल्टो तथ्यांङ्क आएको छ। चैत लागेसँगै ऋण बिस्तार कम हुने र निक्षेपमा बिस्तारै सुधार हुँदै जाने २/३ बर्षयताको प्रबृत्ति विपरित ऋण अचाक्ली बढेर निक्षेप घटेको छ।

Tata
GBIME
Nepal Life

चैतको तेस्रो साता बैंकहरुसँग २७ खर्ब ७ अर्ब निक्षेप थियो। एक सातापछि अर्थात चौथो साता २७ खर्ब ३ अर्बमा झरेको थियो। बैशाख ६ गतेसम्म आउँदा थप १ अर्बले  घटेर २७ खर्ब २ अर्बमा सीमित भएको छ। 

पछिल्लो तीन साता विदेशी मुद्राको निक्षेप बढिरहेकोमा बैशाख लागेपछि ८ अर्ब रुपैयाँले घटेको छ। ११९ अर्बको निक्षेप १११ अर्बमा खुम्चिएको हो।

यता ऋण बिस्तारले भने रोकिने नामै लिएको छैन। चैतको पहिलो साता बैंकहरुले २३ खर्ब ९९ अर्ब ऋण बिस्तार गरेका थिए। चैतको अन्तिम साता २४ खर्ब २० अर्ब पुगेको थियो। बैशाख ६ गतेसम्म आउँदा २४ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ।

'चैतमा ब्याज तथा कर भुक्तानीका लागि ठूलो मात्रामा ओभरड्राफ्ट प्रयोग भएकाले  ऋण ह्वात्तै बढेको देखिएको छ' एक बैंकरले भने, 'पोहोर-परार ऋण अलिअलि बढेपनि निक्षेपको बृद्धि ह्वात्तै हुन्थ्यो। यसपाली भएन।' उनका अनुसार सरकारी खर्च बढ्दै नबढ्दा समस्या आएको हो।

चैत मसान्तसम्म सरकारी खर्च संशोधित बजेटको ५० प्रतिशत छ। पूँजीगत खर्च जम्मा ३९ प्रतिशत छ। यसले गर्दा बैंकहरुको सिसिडी रेसियो औषतमा ८२ प्रतिशत पुगेको छ।