काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले तिलगंगा अस्पताललाई २४ लाख ६८ हजार ३ सय ९९ रुपैयाँ सहयोग गरेको छ।आफ्नो देखिनुनै विश्वास गर्नु हो भन्ने अभियान अन्तर्गत बैंकले सहयोग गरेको हो।
यो आर्थिक सहायता बैंकले तिलगंगा अस्पतालको मूख्य विस्तार योजनालाई वित्तिय सहायता प्रदान गर्ने सम्वन्धमा भएको सहमतिको एक हिस्सा हो। यो योजनाको प्रमुख उदेश्य ग्रामिण तथा नगरोन्मुख क्षेत्रहरुमा शल्यक्रिया गरेर अन्धोपना हुनबाट कम गराउने रहेको छ।
बैंकका अनुसार भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक आँखा उपचार केन्द्रहरुमा सुविधा स्तरोन्नति समेत यही सहयोगबाट हुनेछ। बैंकका सिइओ अनिर्वान घोष दास्तीदारले अस्पतालका सिइओ डा.रिता गुरुङलाई हस्तान्तरण गरे।दास्तीदारले भने “अन्धोपना हटाउनका लागि विश्वस्तरीय सुविधाउपलब्ध गराउने तिलगंगाको पवित्र उद्देश्यमा आबद्ध हुन पाएको बैंक गौरवान्वित भएको महसुस गर्छ।”