BIZMANDU
www.bizmandu.com

रसुवागढी र सान्जेन जलविद्युतको साधारण शेयरमा तीन दिनमै मागभन्दा बढि आवेदन पर्यो

२०७६ बैशाख १०

रसुवागढी र सान्जेन जलविद्युतको साधारण शेयरमा तीन दिनमै मागभन्दा बढि आवेदन पर्यो
रसुवागढी र सान्जेन जलविद्युतको साधारण शेयरमा तीन दिनमै मागभन्दा बढि आवेदन पर्यो

काटमाडौं। रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा मागभन्दा बढि आवदेन परेसँगै पहिलो चरणमै निष्काशन बन्द गर्ने भएका छन्। 

Tata
GBIME
Nepal Life

दुबै कम्पनीले आज एक दिनका लागि मात्रै प्राथमिक शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएका छन्। 

तीन दिनको अवधिमा सान्जेन जलविद्युत कम्पनीको आइपिओमा एक लाख ५८ हजार आवेदकले ८० लाख ८५ हजार कित्ता शेयर माग गरेका छन्। मागभन्दा १.६२ गुणा आवेदन परेसँगै बिक्री बन्द गर्ने भएको हो। रसुवागढी ९९ लाख कित्ताको लागि आवेदन परेको छ। कम्पनीले ९३ लाख कित्ता शेयर खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख ७३ हजार ७५० कित्ता छुट्याएको छ।  ४ प्रतिशत अर्थात दुई लाख १९ हजार कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो। 

रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयरमा एक लाख ५८ हजार भन्दा धेरै आवदेकले ९९ लाख कित्ताको लागि आवेदन दिएका छन्। रसुवागडी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि एक करोड दुई लाख ६३ हजार १५० कित्ता मध्ये ४ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो। 

दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरका लागि न्युनतम १० कित्ताको लागि आवदेन दिन पाइनेछ। 

सान्जेन जलविद्युत कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ। आयोजनाको जम्मा लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १५ करोड ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

रसुवागढी हाइड्रोपावरको साधारण लगानी फिर्ता अवधि ८.१२ वर्ष रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ। दुबै आयोजनाले गरेको क्रेडिट रेटिङ अनुसार औषत भन्दा कम आधारहरु जनाउने 'इक्रा एनपिआइपिओ ग्रेड चार' प्राप्त गरेको छ। 

रसुवागढी हाइड्रोपावरले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने सान्जेनले जलविद्युत कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताको सान्जेन लविद्युत आयोजना निर्माण गरिरहेको छ। दुबै आयोजनाले यस अगाडि आयोजना निर्माणको ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता कम्पनीका कर्मचारीहरुको लागि शेयर निष्काशन गरेको थियो। प्रभावित क्षेत्रका बासिन्दाको लागि भने सर्वसाधारण तर्फ बिक्री भएपछि निष्काशन गर्नेछ।