BIZMANDU
www.bizmandu.com

आइपिओको लाइन लाग्यो: गणपति माइक्रोफाइनान्सको आजबाट, नेपाल एग्रोमा साढे सात गुणा आवेदन

२०७६ बैशाख ९

आइपिओको लाइन लाग्यो: गणपति माइक्रोफाइनान्सको आजबाट, नेपाल एग्रोमा साढे सात गुणा आवेदन
आइपिओको लाइन लाग्यो: गणपति माइक्रोफाइनान्सको आजबाट, नेपाल एग्रोमा साढे सात गुणा आवेदन

काठमाडौं। गणपति माइक्रोफाइनान्सले आजदेखि सर्वसाधारणको लागि शेयर निष्काशन गरेको छ। कम्पनीले तीन लाख १३ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो। 

Tata
GBIME
Nepal Life

संस्थाले प्रति कित्ता १०० रुपैयाँको दरमा सर्वसाधारण समुहतर्फको तीन लाख ३५ हजार कित्तामध्ये ५ हजार १७५ कित्ता कर्मचारीहरुको लागि, १६ हजार ७५० कित्ता सामुहिक लगानी कोषहरुको लागि र बाँकी तीन लाख १३ हजार सर्वसाधारणको लागि निष्काशन गरेको हो। 

संस्थाले छिटोमा वैशाख १२ गतेसम्म निष्काशन गर्नेछ। सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम १५०० कित्तासम्मको लागि आवदेन दिन सक्ने छन्। आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमा खाता हुनेले अनलाइन आवेदन दिन सक्ने छन्। 

त्यस्तै नेपाल एग्रोले निष्काशन गरेको प्राथमिक शेयरमा पहिलो दिन नै ७.५ गुणा बढि आवदेन परेको छ। संस्थाले सर्वसाधारणहरुको लागि एक लाख ६१ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। मागभन्दा बढि आवदेन परिसकेको हुँदा संस्थाले वैशाख ११ गतेसम्म मात्रै सार्वजनिक निष्काशन गर्नेछ।

आवेदन खुलेको पहिलो दिनमा नै ४८ हजार भन्दा बढि आवेदकले ११ लाख २५ हजार भन्दा धेरै कित्ताको लागि आवेदन दिएका हुन्। 

हाल रसुवागढी हाइड्रोपावर कम्पनी, सान्जेन जलविद्युत कम्पनी, नविल व्यालेन्स फण्ड दुई र युनियन हाइड्रोपावले प्राथमिक शेयर निष्काशन गरिरहेका छन्। 

रसुवागढी हाइड्रोपावरले एक करोड दुई लाख कित्ता, सान्जेन जलविद्युत कम्पनीको ५४ लाख ७५ हजार कित्ता, नविल व्यालेन्स फण्ड दुईले १२ करोड इकार्ई र युनियन हाइड्रोपावर कम्पनीले ३५ लाख ३४ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरिरहेका छन्।