काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड सञ्चालनको १३औं बर्षमा प्रवेश गरेको छ। यस अवशरमा बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ।
बैंकले आफ्नो वार्षिकोत्सव पारेर बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको छ। प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरू उपस्थित थिए।
प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका छन्।
गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत्त ‘स्नो याक फाउन्डेसन’ लाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ।
यसैगरी एचआइभी संक्रमित बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था ‘बेबी लाइफ होम’ किर्तिपुरलाई दुई लाख सहयोग गरेको छ। यसैगरी चितवन मानव सेवा आश्रमलाई ३ लाख सहयोग गरेको छ। रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ।