BIZMANDU
www.bizmandu.com

२० करोड चुक्ता पूँजीसहित मेगा क्यापिटल सञ्चालनमा, बैंकका शाखाबाट पनि सेवा दिइने

२०७६ बैशाख ८

२० करोड चुक्ता पूँजीसहित मेगा क्यापिटल सञ्चालनमा, बैंकका शाखाबाट पनि सेवा दिइने
२० करोड चुक्ता पूँजीसहित मेगा क्यापिटल सञ्चालनमा, बैंकका शाखाबाट पनि सेवा दिइने

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा मेगा क्यापिटल मार्केटस् लिमिटेड सञ्चालनमा आएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले क्यापिटलको उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मेगालाई सबै नेपालीको बैंक बनाउने योजना अनुसार सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न कटिबद्ध रहेको बताइन्। बैंकका देशभर छरिएका १०२ शाखाबाट मेगा क्यापिटलका पनि सबै सेवाहरु उपलब्ध गराउने बताइन्। 

मेगा क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङले ग्राहकको सुविधा र लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखी नविनतम र उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउने बताए। 

मेगा क्यापिटल मार्केटस् लिमिटेडले चैत्र १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो। क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँयाँ रहेको छ।