BIZMANDU
www.bizmandu.com

नविल व्यालेन्स फण्डको सार्वजनिक इकाई निष्काशन आजदेखि, अधिकतम १८% सम्म लाभांस दिने प्रक्षेपण

२०७६ बैशाख ५

नविल व्यालेन्स फण्डको सार्वजनिक इकाई निष्काशन आजदेखि, अधिकतम १८% सम्म लाभांस दिने प्रक्षेपण
नविल व्यालेन्स फण्डको सार्वजनिक इकाई निष्काशन आजदेखि, अधिकतम १८% सम्म लाभांस दिने प्रक्षेपण


काठमाडौं। नविल व्यालेन्स फण्ड दुईले आजदेखि सर्वसाधारणको लागि एक अर्ब २ करोड रुपैयाँको इकाई निष्काशन गरेको छ।

Tata
GBIME
Nepal Life

फण्डले प्रति इकाई १० रुपैयाँको दरमा सर्वसाधारणको लागि १० करोड २० लाख इकाई छिटोको अवधिमा वैशाख ९ गतेसम्म खुल्ला हुनेछ। यदि पहिलो चरणमा बिक्री नभएमा फण्डले ढिलोको अवधि जेठ तीन गतेसम्म निष्काशन गर्न पाउनेछ। सर्वसाधारणले न्युनतम १०० इकाई र अधिकतम एक करोड २० लाख इकाईका लागि आवदेन दिन पाउने छन्। फण्डको आकार एक अर्ब २० करोड रुपैयाँको रहेको छ। नविल इन्भेष्टमेन्ट बैंकिङले १० वर्षको लागि बन्दमूखी योजना ल्याएको छ।

फण्ड सञ्चालका लागि न्युनतम पनि ६ करोड इकाई बिक्री हुनु पर्नेछ। यदि उक्त इकाई बिक्री नभएमा फण्ड सञ्चालन गर्न पाइदैन। फण्डहरुले सामूहिक लगानी कोष नियमावली अनुसार लगानी गर्नुपर्ने हुन्छ। फण्डहरुले मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत सम्म जम्मा गर्न पाउने छन्।

नविल व्यालेन्स फण्ड दुईले स्थीर आय उपकरणमा २० प्रतिशत लगानी गर्न पाउने स्वीकृत पाएको छ। त्यस्तै साधारण शेयरमा पहिलो वर्ष ५५ प्रति त्यस्तै आगामी वर्षमा ६५, ७० र अन्तिम वर्ष ३५ प्रतिशत लगानी गर्ने योजना बनाएको छ। योजना सञ्चालन भएको पहिलो वर्ष १२ प्रतिशत लाभांस दिने र अधिकतम १८ प्रतिशतसम्म लाभांस दिन सक्ने प्रक्षेपण गरेको छ।