BIZMANDU
www.bizmandu.com

तेस्रो पुस्ताको वागनआर नेपाली बजारमा, सुरुवाति मूल्य २४ लाख ९९ हजार, साढे २२ किमी माइलेज

२०७६ बैशाख ४

तेस्रो पुस्ताको वागनआर नेपाली बजारमा, सुरुवाति मूल्य २४ लाख ९९ हजार, साढे २२ किमी माइलेज
तेस्रो पुस्ताको वागनआर नेपाली बजारमा, सुरुवाति मूल्य २४ लाख ९९ हजार, साढे २२ किमी माइलेज

काठमाडौं। सुजुकीफोर ह्वीलरको आधिकारिक वितरक सिजी मोटोकर्प तथा अटोमेटिभ डिभिजन अफ सिजिहोल्डिङसले तेस्रो पुस्ताको वागनआर बजारमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

नयाँ ठूलो वागनआरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने विज्ञप्तिमा उल्लेख छ। सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धन किफायत गर्नुको साथै गाडि चलाउँदा छुट्टै जीवन्त अनुभव हुने कम्पनीले जनाएको छ।
 
५ औं पुस्ताको हर्टटेक्ट प्लाटफर्ममा निर्माण गरिएको नयाँ वागनआरले सुरक्षालाई प्राथमिकतामा राखेको छ। 

यसमा १.० एल तथा नयाँ ठूलो वागनआरमा १.२ एलको इन्जिन छ। यसले २१.५ किलोमिटर प्रति लिटर तथा २२.५ किमी प्रति लिटर यात्रा गर्न सकिन्छ। 

यसको सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ छ। मध्यम रेञ्जको २६ लाख ९९ हजार र फुलअप्सनको २७ लाख ९९ हजार रुपैयाँ पर्छ।