BIZMANDU
www.bizmandu.com

होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पूर्ण रुपमा संचालनमा आयो, प्रधानमन्त्रीले गरे उद्घाटन

२०७६ बैशाख ४

होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पूर्ण रुपमा संचालनमा आयो, प्रधानमन्त्रीले गरे उद्घाटन
होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पूर्ण रुपमा संचालनमा आयो, प्रधानमन्त्रीले गरे उद्घाटन


काठमाडौं। सोल्टी होटल र नेपाली लगानीकर्ताको सहकार्यमा नेपालगंजमा स्थापना भएको पाँच तारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियरको मंगलबार पूर्ण रुपमा संचालनमा आएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपीशर्मा ओली, उर्जामन्त्री वर्षमान पुन र पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले होटलको उद्घाटन गरे। यो होटलको सफ्ट लन्च एक वर्ष अघि अंग्रेजी नयाँ वर्षमा भएको थियो।सोल्टी होटल समूहले ५५ करोड रुपैयाँ प्रारम्भिक लगानीमा नेपालगंजमा ८१ कोठा सहित सुविधा सम्पन्न होटल संचालनमा ल्याएको हो।

यो होटलले नविकरणीय उर्जा प्रयोग गरेको, वर्षाको पानी प्रयोग गरेको र उत्सर्जित फोहोर पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याएकोमा दिल्लीमा आयोजित १४औं अन्तर्राष्ट्रिय ट्राभल अवार्ड कार्यक्रममा 'वेष्ट डेब्यु ग्रीन होटल' को पुरस्कार समेत पाएको थियो।

पाँच दशकदेखि काठमाण्डौमा पाँच तारे होटल सोल्टी क्राउन प्लाजा संचालन गरिरहेको सोल्टी होटल समूहको काठमाण्डौ उपत्यका बाहिरको यो पहिलो होटल हो। यो समूहले पर्यटकीय नगर पोखरामा समेत चार तारे होटल निर्माण गर्दैछ।