काठमाडौं। सबै नेपालीको बैंक खाता अभियान आजबाट सुरु भएको छ। नयाँ बर्षको अवशर पारेर सबै नेपालीको बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपि ओलीले गरेका छन्।
चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीले सबै नेपालीको बैंक खाता योजना सुरुवात गरेका हुन्। यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्।
अभियानमा खाता नहुनेहरुलाई समेट्न राष्ट्र बैंकले सहुलियत दिएको छ। केन्द्रीय बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेट यो योजनामा लगाउने पाउने सहुलियत दिएको हो। जसले गर्दा नयाँ खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पाउने छन्।
राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन्। एकै ब्यक्ति तथा संस्थाको दोहोरो/तेहरो पनि खाता खुलेका छन्।