BIZMANDU
www.bizmandu.com

विन्दवासिनी मन्दिरमा लक्ष्मणबाबु ट्रष्टले गेट बनाउने, ७५ लाख रुपैयाँमा एक वर्षभित्रै बन्ने

२०७५ चैत्र ३०


काठमाडौं। पोखराको विन्दवासिनी मन्दिरमा गेट निर्माण हुने भएको छ। लक्ष्मणबाबु मेमोरियल ट्रष्टले मन्दिर अगाडि गेट निर्माण गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

यो ट्रष्ट स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा स्थापना गरिएको हो। यो ट्रष्टले विभिन्न सामाजिक काम गर्दै आएको छ। शनिबार ट्रष्ट तथा चितवन कोई समूहका चेयरम्यान राजुबाबु श्रेष्ठले गेटको शिलन्यास गरे। ७५ लाख रुपैयाँमा एक वर्षभित्र यो गेट निर्माण भइसक्नेछ।

‘बुबाको चाहना अनुसार हामीले यो गेट बनाउन लागेका हौं। हामीले मौलिक परम्परा झल्किने गेट निर्माणका लागि भक्तपुरका कालिगढलाई जिम्मा दिइसकेका छौं’ मनकामना केवलकारका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बिजमाण्डूसँग भने।

लक्ष्मणबाबुकै सकृयतामा नेपालमा पहिलो केवलकार मनकामना केवलकार स्थापना भएको थियो। मनकामना केवलकारमा वार्षिक १० लाख भन्दा बढी भक्तजन चढेर मनकामना मन्दिर दर्शनका लागि जाने गर्छन्।