BIZMANDU
www.bizmandu.com

गण्डकी विकास बैंकको तीन जना विद्यार्थीलाई छात्रबृत्ति, १०५०० रुपैयाँ वितरण

२०७५ चैत्र २८

काठमाडौं। गण्डकी विकास बैंकले बाराही माध्यामिक विद्यालय पोखराका ३ जना गरिव तथा जेहेन्दार विधार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ।

Tata
GBIME

बैंकले प्रति विद्यार्थी ३५०० रुपैयाँका दरले १० हजार ५०० रुपैयाँ छात्रवृति प्रदान गरेको हो।

कार्यक्रममा विद्यालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्राचार्य शिवप्रसाद भण्डारी, अभिभावक, विधार्थी तथा सम्पूर्ण शिक्षकहरुको उपस्थीति रहेको थियो भने बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र पस्र्याङ्ग शाखा प्रमुख प्रमोद ओझाको उपस्थीति रहेको थियो।