BIZMANDU
www.bizmandu.com

हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंकको ७५ लाख सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

२०७५ चैत्र २८

हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंकको ७५ लाख सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण
हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंकको ७५ लाख सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले बारा र पर्सामा हावाहुरीका कारण पीडित भएकाहरुलाई सहयोग गर्न ७५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले सहयोग रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंकका सञ्चालक समिति अध्यक्ष महेन्द्रमान गुरुङले ७५ लाखको चेक प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका छन्। 

हस्तान्तरण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासून्दर शाक्य, बैंक संचालक समिति सदस्य निर्मलहरि अधिकारी, बंैकका प्रमूख कार्यकारी अधिकृत किरणकूमार श्रेष्ठ, नायव प्रमूख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत श्री टेकराज जोशी, विभागीय प्रमूख राज्यलक्ष्मी खड्गी लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थित थियो। 

हाल  बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा केन्द्र रहेको छ।