BIZMANDU
www.bizmandu.com

सबै नेपालीको बैंक खाता: बचत खातामा बैंकले १०० रुपैयाँ हालिदिने, नयाँ बर्षका दिन पनि बैंक खुल्ने

२०७५ चैत्र २७

सबै नेपालीको बैंक खाता: बचत खातामा बैंकले १०० रुपैयाँ हालिदिने, नयाँ बर्षका दिन पनि बैंक खुल्ने
सबै नेपालीको बैंक खाता: बचत खातामा बैंकले १०० रुपैयाँ हालिदिने, नयाँ बर्षका दिन पनि बैंक खुल्ने

काठमाडौं। सबै नेपालीको बैंक खाता अभियान बैशाख १ गतेबाट सुरु हुने भएको छ। चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीले सबै नेपालीको बैंक खाता योजनाको सुरुवात गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्ने भएका छन्। योजनालाई सफल बनाउनका लागि के गर्न सकिन्छ भनेर बुधबार बैंकर्स संघले सदस्यहरुसँग छलफल पनि गरेको छ।

बुधबारको छलफलले सबै बैंकहरुले बैशाख १ गतेबाट खोलिने बचत खातामा आफ्नो तर्फबाट १०० रुपैयाँ राखिदिने निर्णय गरेको छ। यसको ब्याज दर भने बैंक अनुसार फरक हुने छ।

बैशाख १ गते नयाँ बर्षको सार्बजनिक बिदा भएपनि सबै बैंकहरु खुला राख्ने संघले निर्णय गरेको छ। 

'खाता खोल्दा केवाइसी (नो योर कस्टमर) लाई सरलीकरण गरिने छ' संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'यसो हुँदा धेरैभन्दा धेरैको खाता खोल्न सकिन्छ भन्ने हाम्रो अपेक्षा हो।'

सरकारले चालु बर्षको बजेटमा सबै नेपालीको बैंक खाता खोल्ने योजना सार्बजनिक गरेको थियो। त्यसअघि नै नेपाल राष्ट्र बैंकले सबै नेपालीको बैंक खाता खोल्ने अभियान चलाउने घोषणा गरेको थियो। 

राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन्। एकै ब्यक्ति तथा संस्थाको दोहोरो/तेहरो पनि खाता खुलेका छन्।