BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बाणिज्य बैंकमा ६६१ जनालाई जागिरको अवसर, चौथो तहदेखि वरिष्ठ प्रवन्धकसम्म

२०७५ चैत्र २२

राष्ट्रिय बाणिज्य बैंकमा ६६१ जनालाई जागिरको अवसर, चौथो तहदेखि वरिष्ठ प्रवन्धकसम्म
राष्ट्रिय बाणिज्य बैंकमा ६६१ जनालाई जागिरको अवसर, चौथो तहदेखि वरिष्ठ प्रवन्धकसम्म

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले चौथो तहदेखि वरिष्ठ प्रवन्धक पदसहित ६६१ जना कर्मचारी नियुक्त गर्ने भएको छ। बैंकले खुला प्रतिस्पर्धाबाट प्रदेश स्तरका शाखा कार्यालयका लागि कर्मचारी भर्ना गर्ने भएको हो। 

Tata
GBIME
Nepal Life

बैंकले केन्द्रिय कार्यलयको लागि वरिष्ठ प्रवन्धकको लागि दुई जना, प्रवन्धकको लागि ७ जना र उपप्रवन्धकको लागि ११ जनाको लागि दरखास्त आह्वान गरेको छ। यी तीन पदको लागि स्नातकोत्तर गरि अनुभवको आवस्यकता पर्नेछ। सम्बन्धित पदको लागि न्युनतम २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेको हुनु पर्नेछ।

त्यस्तै सहायक प्रवन्धकको लागि १४२ जना कर्मचारीको आह्वान गरिएको छ। यस पदका लागि कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्नेछ। न्युनतम २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाले आवदेन दिन सक्ने छन्।  

वरिष्ठ सहायक पदको लागि १९० जना कर्मचारी आह्वान गरिएको छ। बैंकले वरिष्ठ सहायक अन्तर्गत प्रशासन, कानुन, नगद र सुचना तथा प्रविधि तर्फ छुट्टा छुट्टै माग गरेको छ। वरिष्ठ सहायक पदका लागि सम्बधित विभाग अनुसारको क्षेत्रमा स्नातक गरेको हुनु पर्नेछ। 

बैंकले प्लस टु पास गरेकाहरुको लागि प्रदेश स्तरका कार्यालयहरुमा ३०९ जना कर्मचारीको लागि आजदेखि दरखास्त आह्वान गरेको छ। योग्यता पुगेका उमेदवारले अनलाइन मार्फत आवदेन दिन सक्ने छन्। आवेदकले चैत्र १२ गतेसम्म दरखास्त सक्नेछन्। यदि बैशाख १२ गतेसम्म आवदेन दिन नपाएमा दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवदेन दिन सकिने बैंकले जनाएको छ।

बैंकले एउटा पद अन्तर्गतको विभिन्न सेवा समुहको लिखित परिक्षा एकै दिन एकै समयमा लिनेछ। बैंकले प्रदेश स्तरका कार्यालयबाट समेत परिक्षा लिने जनाएको छ।