BIZMANDU
www.bizmandu.com

राष्ट्रिय अनुसन्धान विभागमा ५२ जनालाई जागरिको अवसर, अधिकृतमा ३०र सहायकमा २२ जना 

२०७५ चैत्र २२

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागले अधिकृत र सहायक स्तरमा गरेर ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। 

Tata
GBIME

विभागले ३० जना अधिकृत स्तरका र २२ जना सहायक स्तरका कर्मचारीको लागि आजदेखि विज्ञापन खुला गरेको छ। विभागले आजको मितिदेखि ३० दिनसम्म विज्ञापन खुला गर्नेछ। 

अधिकृतस्तरका लागि न्यनतम स्नातक गरेको हुनु पर्नेछ भने सहायकको लागि प्लस टु पास गरेको हुनु पर्नेछ। आवेदनका लागि पुरुषको हकमा २०७५ बैशाख एक गते १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेको हुनु पर्नेछ। 

अधिकृत पदका लागि दरखास्त आवदेन एक हजार रुपैयाँ बुझाउनु पर्नेछ भने सहायकको लागि ४०० रुपैयाँ बुझाउनु पर्नेछ। यदि समावेशी पदका लागि पनि आवदेन दिनु परेमा थप ३०० रुपैयाँ भुक्तानी गर्नु पर्नेछ। 

आवेदनका लागि केन्द्रिय तथा प्रदेश स्तरिय कार्यालयबाट पाइने विभागले जनाएको छ।