BIZMANDU
www.bizmandu.com

मेभोक्स हेलमेट अब नेपाली बजारमा पनि, मूल्य २४ सयदेखि ४८ सय रुपैयाँसम्म

२०७५ चैत्र १७

मेभोक्स हेलमेट अब नेपाली बजारमा पनि, मूल्य २४ सयदेखि ४८ सय रुपैयाँसम्म
मेभोक्स हेलमेट अब नेपाली बजारमा पनि, मूल्य २४ सयदेखि ४८ सय रुपैयाँसम्म

काठमाडौं। केही दिनअघि मात्र भारतीय बजारमा लन्च गरिएको मेभोक्स हेलमेट अब नेपाली बजारमा समेत उपलब्ध भएको छ। सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध गराउने छ।। 

Tata
GBIME
Nepal Life

फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सयदेखि ४ हजार ८ सय रुपैयाँसम्म पर्छ। 

मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ। यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ। त्यसैगरी बर्षात्को मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ। 
 
सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा पहिलेदेखि नै दुई पांग्रे सवारी साधनका लागि मिरर, हेडलाइट, क्लच प्लेट, ब्रेक शु, लुब्रिकेन्ट, चेन किटलगायतका पार्ट्स उपलब्ध गराउँदै आएको छ।