BIZMANDU
www.bizmandu.com

नेपाल बैंकबाट देवेन्द्रप्रताप शाह अवकाश, अनुभवी बैंकर खोजिने, ग्लोबल र सनराइजमा को आउँदैछन्?

२०७५ चैत्र १२

नेपाल बैंकबाट देवेन्द्रप्रताप शाह अवकाश, अनुभवी बैंकर खोजिने, ग्लोबल र सनराइजमा को आउँदैछन्?
नेपाल बैंकबाट देवेन्द्रप्रताप शाह अवकाश, अनुभवी बैंकर खोजिने, ग्लोबल र सनराइजमा को आउँदैछन्?

काठमाडौं। नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट देवेन्द्रप्रताप शाहले अवकास पाएका छन्। चार बर्षे कार्यकाल पुरा गरी शाहले सोमबारबाट अवकाश पाएका हुन्।

Tata
GBIME
Nepal Life

कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णबहादुर अधिकारीलाई दिइएको छ। बैंक सञ्चालक समितिले केही दिनमै नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रकृया सुरु गर्ने तयारी गरेको छ।

'सरकारी शेयरसमेत रहेकाले अर्थमन्त्रालयसँग पनि परामर्श गरेर यसै साताबाट खुला प्रतिस्पर्धामार्फत प्रमुख कार्यकारी छनौट प्रकृया सुरु गर्ने योजना छ' बैंक सञ्चालक समिति अध्यक्ष बासुदेव अधिकारीले बिजमाण्डूसँग भने, 'चाँडै नै हामी नियुक्त गरिसक्छौं।'

राष्ट्र बैंकले रिक्त रहेको प्रमुख कार्यकारी तीन महिनाभित्र नियुक्त गरिसक्नु पर्ने ब्यवस्था गरेको छ। अधिकारीले अनुभवी र ब्यवसायिक बैंकरलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिने जानकारी दिए।

ग्लोबल र सनराइजमा को?
जनक शर्मा पौडेलले राजिनामा गरेपछि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका महेश शर्मा ढकाललाई नै प्रमुख कार्यकारी अधिकृत बनाउने तयारी ग्लोबल आइएमइ बैंकको छ। बैंक सञ्चालकहरुका अनुसार, चाँडै नै यस बारेमा घोषणा हुने छ।

यसैगरी दुई महिनापछि सनराइज बैंकमा रत्नराज बज्रचार्यको कार्यकाल पुरा हुँदैछ। उनलाई थप चार बर्ष थमौति गर्ने पक्षमा सञ्चालक समिति छ। तर बज्रचार्यले आफू एक कार्यकाल मात्र बस्ने जानकारी बोर्डलाई गराएको उनी निकट बैंकरहरुले बताए। रत्नराजले छाडेमा सनराइजले केही समय पर्खेर ग्लोबल छाडेका जनक शर्मा पौडेललाई प्रमुख कार्यकारी बनाउनेसमेत चर्चा छ।