BIZMANDU
www.bizmandu.com

१५ महिनापछि आउने भयो सामुहिक लगानी योजना,  धितोपत्र बोर्डले स्वीकृत गर्यो नबिलको स्किम

२०७५ चैत्र ११

काठमाडौँ। करिब १५ महिनापछि नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोषको योजना स्विकृत गरेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङको एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी योजना स्विकृत भएको हो।

Tata
GBIME
Nepal Life

बोर्डले प्रति इकाई १० रुपैयाँका दरले १२ करोड इकाई निष्कासन अनुमति दिएको हो। नबिल इन्भेष्टमेन्ट बैंकिङले सर्बसाधारणका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना सार्बजनिक गर्ने छ। यसअघि बोर्डले २०७४ पुसमा दुई समुहिक योजना स्विकृत गरेको थियो। 

लगातार दोस्रो बजार घट्ने क्रम नरोकिएको र स्वीकृत भएका योजनासमेत सबै बिक्रि नभएपछि सामुहिक योजनाले प्रथमिकता पाएका थिएनन्। 

पछिल्लो पटक स्विकृत भएका सिटिजन म्युचुअल फण्ड र एनआईसी एसिया ग्रोथ फण्ड- १ का योजना सबै बिक्रि भएका थिएनन्। नबिलको यो तेस्रो योजना हो। उसले निष्कासन गरेको पहिलो योजना परिपक्व भैसकेको छ।