BIZMANDU
www.bizmandu.com

रसुवागढी र सान्जेन जलविद्युत आयोजनालाई आइपिओ जारी गर्न अनुमति, यस्तो छ कम्पनी रेटिङ

२०७५ चैत्र ११

काठमाडौँ। रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले सर्बसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएका छन्। दुवै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्कासनको लागि अनुमति दिएको हो।

Tata
GBIME
Nepal Life

रसुवागढी हाइड्रो पावरले १ करोड २ लाख ६३ हजार १५० कित्ता प्राथमिक शेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले शेयर निष्कासनको लागि यसअघि नै सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। 

कम्पनीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको शेयर बिक्री गर्ने अनुमति पाएको छ। यसअघि कम्पनीले सञ्चयकर्ताको लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर निष्कासन गरिसकेको छ। कम्पनीले सर्बसाधारणका लागि १५ प्रतिशत शेयर निष्कासन गर्न लागेको हो। प्राथमिक शेयर निष्कासनको लागि कम्पनीले गराएको रेटिङमा ईक्रा नेपालको ग्रेड चार प्राप्त गरेको छ। 

सान्जेन जलविद्युत कम्पनीले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्दै छ। कम्पनीले बोर्डबाट सर्बसाधारणका लागि १५ प्रतिशत हुन आउने प्राथमिक शेयर निष्कासन अनुमति पाएको हो। यसको बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्ने छ। यसअघि सान्जेनले सञ्चयकर्ताका लागि ७१ लाख १७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको थियो। यसलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ।