BIZMANDU
www.bizmandu.com

कामना सेवा बिकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले सजिलै बीमा सेवा पाउने

२०७५ चैत्र १०


काठमाडौं। कामना सेवा बिकास बैंक र  सगरमाथा इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार कामना सेवा बैंकले आफ्ना ग्राहकलाई एकद्वार सेवा प्रणाली मार्फत सगरमाथा इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सेवा उपलब्ध गराउने छ।

कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चैकी क्षेत्रीले सेवा सम्वन्धी सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका बीमा लेख कामना सेवा बिकास बैंकका सबै शाखाहरुमा उपलब्ध हुनेछ।

यस अनुसार बैंकका ग्राहकले इन्स्योरेन्सका निर्जीवन बीमा सेवा प्राप्त गर्न भुक्तानी गर्न तथा दावी भुक्तानी सेवा समेत बैंकबाटै पनि प्राप्त गर्न सक्नेछन्।