BIZMANDU
www.bizmandu.com

एनआईसी एशियाको नयाँ शाखा बु्टवलको बेलबासमा, बैंकको देशभर शाखा संख्या २ सय ८१ पुग्यो

२०७५ चैत्र १०


काठमाडौं। एनआई सी एशिया बैंकले बुटवलको वडा नं १३ स्थित बेलबासमा शाखा बिस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले शाखाको उद्घाटन गरे।

उक्त शाखाको उद्घाटन गर्दै ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै बैंकले सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिबृद्धिमा योगदान पुर्याइरहेको बताए।

बैंकको देशभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ।

बैंकले जारी गरेको बिज्ञप्ती अनुसार देशभर बैंकका करिब १४ लाख ५० हजार ग्राहकहरु छन्।

बैंकले  चाँडै नै देशका बिभिन्न स्थानमा थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको पनि बैंकले जनाएको छ।