BIZMANDU
www.bizmandu.com

फेरि सकृय दबाब समूह, लगानी सम्मेलनको पूर्वसन्ध्यामा धितोपत्र बोर्डमा तालाबन्दी, आन्दोलन किन?

२०७५ चैत्र १०

फेरि सकृय दबाब समूह, लगानी सम्मेलनको पूर्वसन्ध्यामा धितोपत्र बोर्डमा तालाबन्दी, आन्दोलन किन?
फेरि सकृय दबाब समूह, लगानी सम्मेलनको पूर्वसन्ध्यामा धितोपत्र बोर्डमा तालाबन्दी, आन्दोलन किन?


काठमाडौं। नेपाल धितोपत्र बोर्डले लगानी सम्मेलन नजिकिएको भन्दै शेयर बजारका लगानीकर्ताहरुलाई आन्दोलन तथा विरोधका कार्यक्रम नगर्न आग्रह गरे पनि आइतबार शेयर लगानीकर्ता दबाब समूहले बोर्डको कार्यालयमै ताला लगाएको छ।

Tata
GBIME
Nepal Life

बोर्डले गत चैत ४ गते प्रेश विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरेको थियो। यस अघि नेपाल स्टक एक्सचेन्ज आमरण अनसन बसेको दबाब समूहले धितोपत्र बोर्डमा ३२ वटा माग राखेको थियो। समूहले पेस गरेका ३२ बुँदा मध्ये अधिकांश विषय बोर्डले संवोधन गरिसकेको छ। उता बोर्डले लगानीकर्ता माग अनुसार १२ वटा वुँदाको संबोधन सहित कार्यान्वयनमा ल्याएको जनाएको छ। बोर्डले लगानीकर्ताको दबाबपछि प्राथमिक शेयर निष्काशन गर्दा क्रेडिट रेटिङ ५ आएका कम्पनीले शेयर निष्काशन गर्न नपाउने व्यवस्था गरेको छ।

शेयर बजारमा लगानी भित्र्याउन प्राइभेट इक्विटी फण्ड भेन्चर क्यापिटल हेज फण्ड जस्ता बैकल्पिक लगानीकोषका लागि विशिष्टिकृत लगानी कोष नियमावलनी २०७५ लागु गरिसकेको छ। यसका साथै एफपिओ निष्काशनको लागि प्रिमियम रकमको गणना विधिलाई पनि परिवर्तन गरिसकेको छ। 
समूहले सोमबार नेपाल स्टक एक्सचेन्जको कार्यालयमा पनि ताला लगाउने तयारी गरेको छ। समूहले अग्रिम रुपमा जानकारी गराउदै सोमबार नेप्से कार्यालयमा ताला लगाउने घोषणा गरेको हो। बोर्डले चैत्र १५ र १६ गते हुन गैरहेको दोस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा असहज वातावरण सिर्जना नगर्न आग्रह गरेपनि उनीहरुले अटेर गरे।