BIZMANDU
www.bizmandu.com

सिन्धु विकास बैंकको १४औं शाखा पनौती बजारमा, छिट्टै चितवन र मकवानपुरमा शाखा खोल्दै

२०७५ चैत्र ८

सिन्धु विकास बैंकको १४औं शाखा पनौती बजारमा,  छिट्टै चितवन र मकवानपुरमा शाखा खोल्दै
सिन्धु विकास बैंकको १४औं शाखा पनौती बजारमा, छिट्टै चितवन र मकवानपुरमा शाखा खोल्दै


काठमाडौं। सिन्धु विकास बैंकले काभ्रे जिल्लाको पनौतीबजारमा बैंकको १४ औं शाखा संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

सो शाखाको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे।   कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बैंकलाई गाउँसँगै शहरको अर्थतन्त्रलाई जोड्न क्रियाशिल रहेको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले निकट भविष्यमै चितवन र मकवानपुरमा समेत शाखा खोल्ने जानकारी दिए।

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट कार्यालय संचालनमा आएको थियो। बैंकले  मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे र पनौतीगरी कुल १४ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १६ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।