BIZMANDU
www.bizmandu.com

आइतबारदेखि नै शेयर बजारमा प्यानमार्फत स्वेच्छिक कारोबार, नेप्सेले डाक्यो शेयर ब्रोकरलाई

२०७५ चैत्र ८

आइतबारदेखि नै शेयर बजारमा प्यानमार्फत स्वेच्छिक कारोबार, नेप्सेले डाक्यो शेयर ब्रोकरलाई
आइतबारदेखि नै शेयर बजारमा प्यानमार्फत स्वेच्छिक कारोबार, नेप्सेले डाक्यो शेयर ब्रोकरलाई

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले शेयर कारोबारलाई पारदर्शी बनाउन कार्यान्वयनमा ल्याउन लागेको स्थायी लेखा नम्बर (प्यान) आइतबारदेखि स्वैच्छिक रूपमा लागू हुने भएको छ। 

Tata
GBIME
Nepal Life

शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकर एसोसिएसनका प्रतिनिधिबीच  भएको छलफललमा आइतबारदेखि प्यनलाई स्वैच्छिक रूपमा कार्यान्वनमा लैजाने सहमति भएको छ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नयाँ अनलाइन प्रणलीमा व्यक्तिगत लगानीकर्ताले प्यान नम्बर राखेर कारोबार गर्न सकिने व्यवस्था भएकाले आइतबारबाट स्वेच्छिक कारोबार सुरु गर्ने जानकारी दिए।

यसअघि संस्थागत लगानीकर्ताले मात्रै प्यान नम्बर राखेर कारोबार गर्ने व्यवस्था अनलाइन प्रणालीमा थियो। तर लगानीकर्ताले वैशाख १ गतेअघि स्वैच्छिक रूपमा मात्रै कारोबार गर्न सक्ने साउदले स्पस्ट पारे। 

लगानीकर्तालाई वैशाख १ अघि प्यान नम्बर राखेर कारोबार गर्न अभ्यस्त गराउन आइतबारदेखि स्वैच्छिक रूपमा प्यान लागु गर्न लागिएको उनले जानकारी दिए। छलफलमा सहभागी ब्रोकर कम्पनीका प्रतिनिधिले प्रणालीमा विकास गरिएको नयाँ पद्धतिका बारेमा शुक्रवार जानकारी लिएका छन्।

लगानीकर्तालाई प्यान नम्बर राखेर कारोबार गर्दा उत्पन्न हुन सक्ने समस्याका बरेमा पूर्व जानकारी दिन नेप्सेले शुक्रवार ब्रोकर कम्पनीका प्रतिनिधिलाई छलफलमा बोलाएको थियो। ब्रोकर कम्पनीका प्रतिनिधिले लगानीकर्तालाई द्वीबिधा नपार्ने गरी प्यानमार्फत कारोकार गराउन सहयोग गर्ने छलफलमा प्रतिबद्धता जनाएका छन्। ब्रोकर कम्पनीले लगानीकर्तालाई नेप्सेले ल्याएको नयाँ पद्धतिको बारेका पूर्व जानकारी नदिँदा नयाँ सूचिकृत कम्पनीको शेयर कारोबार हुन सकेको थिएन। 

नेप्सेले बिहीबारदेखि  'स्पेसल प्रि ओपन सेसन' पद्धतिको विकास गरेको थियो। यो फिचरका बारेमा नेप्सेले ब्रोकर कम्पनीहरूलाई भाइवर र इमेलमार्फत जानकारी दिइएको भए पनि अधिकांशले थाहा नपाउँदा शिवम् सिमेन्ट र युनिभर्सल पावरको लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न पाएनन्। यो समस्या दोहोरिन सक्ने अवस्थालाई दृष्टिगत गर्दै नेप्सेले आइतबारदेखि लागु हुने स्वैच्छिक प्यनको  विषयमा ब्रोकर कम्पनीका प्रतिनिधिलाई कार्यालयमै डाकेर प्रस्ट्याएको हो।  

धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले वैशाख १ गते प्यान अनिवार्य गर्ने भएको छ। पाँच लाख रुपैयाँभन्दा माथिको कारोबारमा प्यान अनिवार्य गरिएको छ।