BIZMANDU
www.bizmandu.com

अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन, केएमसी हस्पिटलमा उपचारका क्रममा निधन

२०७५ चैत्र ८

अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन, केएमसी हस्पिटलमा उपचारका क्रममा निधन
अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन, केएमसी हस्पिटलमा उपचारका क्रममा निधन

काठमाडौं। अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार दिउँसो निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको निधन भएक हो।

Tata
GBIME

सरकारी वित्तका विज्ञ दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। उनले सयौं विद्यार्थीलाई विद्यावारिधिसमेत गराएका थिए। 

साढे चार दशकदेखि एउटै पेशा र क्षेत्रमा रहेका काम गरेका श्रीलंकाका लागि नेपालका राजदूत प्रोफेसर बिश्वम्भर प्याकुरेलले दाहालको निधनले आर्थिक उदारीकरणका क्षेत्रमा गम्भीर क्षति पुगेको बताए।

कसैको चित्त नदुखाउने मानिसका रुपमा सम्झँदै प्याकुरेलले आर्थिक क्षेत्रमा प्रोफेसर दाहाल 'क्रिटिकल अप्रेजल' गर्ने ब्यक्ति भएको बताए। प्याकुरेलले भने- 'उनी साँचोलाई साँचो झुठोलाई झुठो भन्ने मान्छे थिए। कसैको प्रभावमा पर्दैनथे।'

मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका उनको दर्जनौ अनुसन्धानहरु प्रकाशित छन्। अर्थशास्त्रमा विद्यावारिधि दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत हुन्। संघ अर्थशास्त्रीहरुको संगठन हो। 

उनी प्याङ्क्रियाजको रोगबाट पीडित थिए।