BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीले आवेदन दिएको त्रिशुलीको शेयरमा मागभन्दा बढि आवेदन, ९० रुपैयाँ नौं महिनापछि

२०७५ चैत्र ८

काठमाडौँ। बिहीबारदेखि निष्कासन भएको जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेको छ। पहिलो दिन कम्पनीको शेयरमा सर्बसाधारणले करिब चार गुणा बढी प्रतिबद्धता जनाएका हुन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपी ओलीले पहिलो आवेदन हालेका थिए। दुई लाख ५४ हजार २६ आबेदकले प्रतिबद्धता जनाएका छन्।

कुल ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणका लागि खुला गरिएको थियो। यसमा एक करोड १९ लाख ९९ हजार ८१० कित्ताका लागि आवेदन परेको छ। 

कम्पनीले सर्ब साधारणबाट प्रति कित्ता १० रुपैयाँका दरले रकम माग गरेको छ। बाँक ९० रुपैयाँ आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि सर्बसाधारणले भुक्तानी गर्नु पर्छ। जुन नौ महिनापछि कम्पनीले माग गर्ने बिक्रि प्रबन्धक ग्लोबल आएमई क्यापिटलले जनाएको छ। कम्पनीले छिटोमा चैत्र १२ गतेसम्म बिक्री खुला गरेको छ।