Bizmandu
www.bizmandu.com

स्पर्श लघुवित्तको ' प्रि एलटमेन्ट' २५ हजार दुई सयले पाए १० कित्ताको दरले शेयर, आइतबार बाँडिने



काठमाडौँ। स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको आइपिओ आइतबार बाँडफाँड हुने भएको छ।

बाँडफाँडमा २५ हजार दुई सय आवेदकले १० कित्ताको दरले शेयर पाउने भएका छन्। बिक्री प्रबन्धक सानिमा क्यापिटलले बिहीबार उक्त शेयरको ' प्रि एलटमेन्ट ' गरेको छ। औपचारिक बाँडफाँड भने कम्पनीले आइतबार गर्ने बताएको छ।
TATA
SANIMA new
Jagdamba Steel


कुल दुई लाख ९८ हजार तीन सय ५३ आवेदकले ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर माग गरेका थिए। तर दुई करोड ५२ लाख रुपैयाँ बराबरको मात्रै सर्वसाधारणका लागि कम्पनीले शेयर निष्कासन गरेको थियो।

संस्थाले ४ हजार १४८ कित्ता कर्मचारी र १३ लाख ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई वितरण गरेको छ।

संस्थाले प्राथमिक शेयर निष्कासन गरेसँगै संस्थापकतर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात् ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत अर्थात् दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा ८ करोड २९ लाख रुपैयाँ कायम हुनेछ।

राष्ट्र बैंकबाट १० वटा जिल्लामा कार्यक्षेत्र रहने गरी अनुमति पाएको संस्थाले २०७४ असारदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार संस्थाले एक लाख एक हजार रुपैयाँ नाफा गरेको थियो।

प्राथमिक शेयर निष्कासनसँगै संस्थाले पशुपालन, खुद्रा व्यापार तथा सेवा कर्जा र साना तथा घरेलु कर्जा प्रवाह गर्नेछ।