BIZMANDU
www.bizmandu.com

जर्मनीद्वारा फाइभ–जी फ्रिक्वेन्सी लिलामी, ६ खर्ब आम्दानी हुने,चार टेलिकम इच्छुक

२०७५ चैत्र ५

जर्मनीद्वारा फाइभ–जी फ्रिक्वेन्सी लिलामी, ६ खर्ब आम्दानी हुने,चार टेलिकम इच्छुक
जर्मनीद्वारा फाइभ–जी फ्रिक्वेन्सी लिलामी, ६ खर्ब आम्दानी हुने,चार टेलिकम इच्छुक


बर्लिन। जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी) को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ ।सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् ।

Tata
GBIME
Nepal Life

मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३ देखि ६ अर्ब अमेरिकी डलर आम्दानी हुनेछ । हालका नेटवर्क सञ्चालकहरु डच टेलिकम, भोडाफोन र टेलिफोनिका तथा नयाँ कम्पनी ड्रिलिस्चले प्रतिस्पर्धा गर्ने रुचि देखाएका छन् ।टेलिकम नेटवर्क सञ्चालकहरुले लिलामी प्रक्रिया ढिलाइ गरिदिन गरेको अनुरोधलाई गत साता अदालतले अस्वीकार गरेको थियो ।

कम्पनीहरुले हरेक जर्मन प्रान्तका कम्तीमा ९८ प्रतिशत घरपरिवारमा सन् २०२२ को अन्त्यसम्ममा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउनुपर्ने भनी राखेको शर्त निकै कडा रहेको दाबी गर्दै आएका छन् ।यसबाहेक, अधिकारीहरुले कम्पनीबाट प्रदान गरिने सुरक्षा “विश्वासिलो” हुनुपर्ने बताएका छन् । उनीहरुले चिनियाँ विशाल दूरसञ्चार कम्पनी हुवावेका बारेमा तोकेर केही बताएका छैनन् ।