BIZMANDU
www.bizmandu.com

अर्बपति मुकेश अम्बानीले अनिललाई जेल जानबाट जोगाए, मनमुटाब बिर्सिएर दाजु नै बने भाईको साहारा

२०७५ चैत्र ५


नयाँ दिल्ली। भारतका चर्चित उद्योगपति मुकेश अम्बानीले एक अर्कासँगको पुरानो मनमुटाव बिर्सिएर भाई अनिलको ऋण तिरिदिएका छन्।

Tata
GBIME
Nepal Life

अनिल अम्बानीको दूरसंचार कम्पनी आर कमले एरिक्सनलाई तिर्न बाँकी रहेको ४६२ करोड भारतीय रुपैयाँ दाजु मुकेशले तिरिदिएका हुन्। १९ मार्च अर्थात आजसम्मको भाका दिइएको यो रकम नतिरेको खण्डमा आरकमका अध्यक्ष अनिललाई ३ महिनाको जेल सजाय हुने उच्च अदालतले फैसला गरिदिएको थियो।

दाजुले ऋण तिर्न सहयोग गरेपछि भाइले दाजुप्रति कृतज्ञता ब्यक्त गरेका छन्। संकटको समयमा दाजु मुकेशले भाई अनिललाई साहारा दिए जसबाट एरिक्सनको ५५० करोड रुपैयाँ भुक्तानी गर्न आरकम सफल भयो।

यसबाट भाई अनिल जेल जानबाट बचे। दाजु भाउजुले अफ्ठेरो समयमा गरेको मद्दतले परिवारको मूल्यमान्यता तथा महत्वलाई कायम राखेको भन्दै भाई अनिलले आभार प्रकट गरेका छन्।

अनिलको नेतृत्वको रिलायन्स कम्युनिकेसन्समा दूरसंचार उपकरण बनाउने स्वीडेनको कम्पनी एरिक्सनको करिब ५५० करोड रुपैयाँ भुक्तानी नगर्दा अनिल समस्यामा परेका थिए।

एक महिनाअघि नै उच्च अदालतले अनिललई चार हप्ताभित्र रकम चुक्ता नगरे जेल अदालतको अवहेलना अन्तर्गत जानुपर्ने आदेश दिएको थियो। यो सीमा  मंगलबार सकिँदै थियो।

उच्च अदालतको आदेश अनुसार मंगलबार अन्तिम म्याद रहेको रकम सोमबार नै दाजुले ४६२ करोड रुपैयाँ तिरिदिएपछि अनिल जेल जानबाट जोगिएका छन्।


एरिक्सनका वकिल अनिल खेरले भने – 'एरिक्सनलाई ब्याजसहितको पैसा प्राप्त भैसकेको छ। अब आरकम बिरुद्धको इन्सल्वेन्सीको आरोपमा दायर गरिएको रिट हामी फिर्ता लिनेछौं।'

यसकालागि अनिल अम्बानीको कम्पनीले पहिले नै उच्च अदालतमा ११८ करोड रुपैयाँ जम्मा गरिसकेको थियो। २० दिन पहिले उनले ३ करोड रुपैयाँ ब्याज पनि जम्मा गरिदिएका थिए। सोमबार कम्पनीले एरिक्सनको बाँकी ४५८.७७ करोड रुपैयाँ तिरे। अचानक सबै पैसा तिरेपछि सबै अचम्ममा परे टाट पल्टेको घोषणा गर्न लागेको कम्पनीले अचानक यसरी पैसा कसरी तिर्न सक्यो?

पैसा तिरिसकेपछि आरकमका प्रवक्ताले अनिलको तर्फबाट जारी गरिएको बिज्ञप्ती सार्वजनिक गरे जसमा भनिएको छ -'म आफ्नो आदरणीय दाजु मुकेश र भाउजु नीतालाई यो अफ्ठेरो अवस्थामा मलाई साथ दिनुभएकोमा तथा मद्दत गर्नुभएकोमा भित्री हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु। समयमा यो सहयोग गरेर वहाँहरुले परिवारको मजबुत मूल्य मान्यता तथा परिवारको महत्वलाई स्थापित गरिदिनुभएको छ। म र मेरो परिवार धेरै आभारी छौं हामी पुरानो सबै कुराहरु पछाडि नै छोडेर अघि बढिसकेका छौं र वहाँहरुको यो ब्यवहारले मेरो अन्तरहृदयलाई नै प्रभावित बनाएको छ।'

बिज्ञप्ती  अनुसार आरकमले एरिक्सनलाई ५५० करोड रुपैयाँ तथा त्यसको ब्याज पूरै भुक्तानी गरिदिएको छ। एरिक्सनलाई भुक्तानी गरिएको  लगत्तै आरकमले रिलायन्स जियोसँग दूरसंचार सम्पत्ति बिक्रीका लागि सन् २०१७ को डिसेम्बरमा गरिएको सम्झौता समाप्त भएको घोषणा समेत गरेको छ।

यो सम्झौता १७ हजार करोड रुपैयाँको थियो। झण्डै १५ महिना पहिले अनिल अम्बानीले रिलायन्स कम्युनिकेसन्सको सम्पत्तिको बिक्री आफ्नै दाजु मुकेशको कम्पनीलाई गर्ने सम्झौता गरेको थियो। दुबै समूहहरुले सोमबार यो सम्झौता रद्द भएको घोषणा समेत गरेको छ।