BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले आफ्ना ग्राहकका लागि ल्यायो आरोग्य कार्यक्रम, अस्पतालहरुमा २० प्रतिशतसम्म छुट

२०७५ चैत्र ४

लक्ष्मी बैंकले आफ्ना ग्राहकका लागि ल्यायो आरोग्य कार्यक्रम, अस्पतालहरुमा २० प्रतिशतसम्म छुट
लक्ष्मी बैंकले आफ्ना ग्राहकका लागि ल्यायो आरोग्य कार्यक्रम, अस्पतालहरुमा २० प्रतिशतसम्म छुट

काठमाडौं। लक्ष्मी बैंकले आफ्ना ग्राहकहलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ।

Tata
GBIME
Nepal Life

लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न ख्यातिप्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग गरिएको सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले साझेदार अस्पतालहरुमा २० प्रतिशतसम्म तथा आरोग्य केन्द्रहरुमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

लक्ष्मी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत यो सुविधा प्राप्त गर्न सकिनेछ। यसका अतिरिक्त लक्ष्मी बैंकका ग्राहक तथा तीनका परिवारलाई आफ्नो सेवामा प्राथमिकता प्रदान गर्न समेत सहभागी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सहमत भएका छन्।