BIZMANDU
www.bizmandu.com

मैलुङ खोला जलविद्युतले दोहोर्याएर रेटिङ गर्दा झन् खराब रेटिङ पायो, आम्दानीमा गिरावट

२०७५ चैत्र १

मैलुङ खोला जलविद्युतले दोहोर्याएर रेटिङ गर्दा झन् खराब रेटिङ पायो, आम्दानीमा गिरावट
मैलुङ खोला जलविद्युतले दोहोर्याएर रेटिङ गर्दा झन् खराब रेटिङ पायो, आम्दानीमा गिरावट

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणको लागि सार्वजनिक शेयर निष्काशन गर्न दोहोर्याएर रेटिङ गर्दा पहिलाको भन्दा पनि खराब रेटिङ पाएको छ। कम्पनीले प्रभावित क्षेत्रका लागि शेयर निष्काशन गर्नुभन्दा अगाडि गरेको रेटिङमा इक्रा एनपि आइपिओ ग्रेड चार पाएको थियो। 

Tata
GBIME
Nepal Life

प्रभावित क्षेत्रमा शेयर बिक्री गरेसँगै सर्वसाधारणको लागि ७ लाख ३६ हजार २८६ कित्ता प्राथमिक शेयर निष्काशन गर्नका लागि दोहोर्याएर रेटिङ गर्दा सबैभन्दा खराव 'इक्रा एनपि आइपिओ ग्रेड ५' प्राप्त गरेको हो। 

पहिलो चरणमा कम्पनीले भुकम्प लगत्तै क्रेडिट रेटिङ गराएको थियो। त्यतिबेला कम्पनीको हाइड्रोलोजी तथा अनुमानित आम्दानी राम्रो थियो। तर पछिल्ला वर्षमा आयोजनाको हाइड्रोलोजीमा गिरावट आउँदा आम्दानीमै गिरावट आएपछि खराव रेटिङ पाएको इक्रा नेपालका सहायक उपाध्यक्ष किशोर बिमलीले जानकारि दिए। 

पहिलो पटक रेटिङ गर्दा आयोजनाको अनुमानित आम्दानी १२ करोड ८० लाख रुपैयाँ थियो। तर दोस्रो पटक रेटिङ गर्दा वार्षिक आम्दानी ८ करोड ८० लाख रुपैयाँमा घटेपछि रेटिङमा पनि गिरावट आएको हो। कम्पनीको पिएलएफ सुरुमा ६४ प्रतिशतबाट घटेर ४२ प्रतिशतमा झरेको छ। 

कम्पनीले रसुवा जिल्लाको न्याम न्याम खोलामा ५ मेगावाट क्षमताको मैलुङ खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरेको छ। भुकम्पको कारणले निर्माण कार्य ढिला हुँदा लागत बढ्नुका साथै हाइड्रोलोजीमा पनि कमि आउदा विद्युत उत्पादन घटेको हो। भुकम्पले क्षति पुर्याउँदा पुन निर्माणको लागि मात्रै १४ करोड रुपैयाँ बढि लागेको थियो। 

आयोजनाको जम्मा निर्माण लागत ९६ करोड ३० लाख रुपैयाँ रहेको छ। जसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीको योजना छ। प्रभावित र संस्थापकबाट उठाइसकेको छ भने सर्वसाधारणबाट ७ करोड ३६ लाख रुपैयाँ उठाउने छ। 

प्राथमिक शेयर निष्काशन सँगै कम्पनीको जम्मा चुक्ता पूँजी ३६ करोड ८१ लाख रुपैयाँ कायम हुनेछ। हाल कम्पनीको दिर्घकालिन ऋण ५९ करोड ५० लाख रुपैयाँ रहेको छ।