BIZMANDU
www.bizmandu.com

सरकारले बनाउने विद्युत आयोजनालाई सरल प्रकृया, क्रेडिट रेटिङ गर्न नपर्ने!

२०७५ फागुन ३०

सरकारले बनाउने विद्युत आयोजनालाई सरल प्रकृया, क्रेडिट रेटिङ गर्न नपर्ने!
सरकारले बनाउने विद्युत आयोजनालाई सरल प्रकृया, क्रेडिट रेटिङ गर्न नपर्ने!



काठमाडौं। जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको आयोजनाले शेयर निष्काशनको लागि अग्रिम रुपमा शेयर निष्काशनका लागि क्रेडिट रेटिङ गर्नु नपर्ने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डले विहिबार प्रेस विज्ञप्ति जारी गर्दै जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका संगठित संस्थाहरुले धितोपत्रको प्रारम्भिक र सार्वजनिक शेयर निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने जनाएको छ।कम्पनीले क्रेडिट रेटिङ नियमावली ०६८ को नियम तीनको उपनियम ७ बमोजिम तीन करोड रुपैयाँ भन्दा माथिको सार्वजनिक शेयर निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थालाई उल्टाउँदै यस्तो व्यवस्था गरेको हो।

बोर्डले यसअघि धितोपत्र निष्काशन सम्बन्धी नियमावली परिवर्तन गर्दै जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका आयोजनाले अग्रिम रुपमा शेयर निष्काशन गर्न पाउने व्यवस्था गरेको थियो। जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका १९ वटा आयोजनाको लागि आवश्यक पूँजी जुटाउन सरकारको निर्देशन बमोजिम सुरुमा नै शेयर निष्काशन गर्न पाउने व्यवस्था गरेको थियो।

यसरी निष्काशन गरिएको शेयरधनीहरुले अग्रिम रुपमा गरिएको लगानीको व्याजलाई शेयरको रुपमा परिणत गर्ने व्यवस्था छ। अग्रिम रुपमा शेयर खरिद गरेका शेयरधनीहरुले ९० प्रतिशत हकप्रद शेयर खरिद गर्न सक्नेछन्। शेयरधनीहरुले लगानी गर्नु भन्दा अगाडि कम्पनीको वित्तीय अवस्थाका बारेमा जानकारी लिन क्रेडिट रेटिङ गरिन्छ। क्रेडिट रेटिङमार्फत लगानीकर्ताले लाभांशको बारेमा जानकारी पाउँछन्।